बैंकर्स संघद्वारा ब्याजदर घटाउने निर्णय

 लिम्बुवान न्युज
                       

काठमाडौं-  बैंकर्स संघको आज बसेको बैठकले  ब्याजदर घटाउने निर्णय गरेको छ। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्थाले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको जानकारी दिए। राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। सोहीअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो।

निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधारदर परिवर्तन हुनेछ। आधारदरका आधारमा ऋणको पनि ब्याजदर घट्नेछ।

लामो समयदेखि बढिरहेको ब्याजदरका कारणले अर्थतन्त्र संकटमा गएको भन्दै उद्योगी व्यवसायीले विरोध जनाउँदै आएका थिए। नयाँ सरकार गठन भएपछि अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नरसँग व्यवसायीहरूले निरन्तर संवाद गरेका थिए।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकरहरू पुगेका हुन्।

यद्यपि आयकरको पहिलो किस्ता बुझाउने म्याद पुस मसान्तसम्म रहेकाले तरलताको वास्तविक चित्र माघ १ पछि नै देखिनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा मंगलबारसम्म झन्डै ५३ खर्ब ११ अर्ब निक्षेप पुगेको छ। गत बिहीबारसम्म ५२ खर्ब ९५ अर्ब रहेको निक्षेप पाँच दिनमा १६ अर्ब बढेर ५३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। ऋण प्रवाह भने ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। एकैदिन बै‌ंकहरुले ऋण प्रवाह ५ अर्ब रुपैयाँ गरेका छन्। साेमबारसम्म ऋण प्रवाह ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेकाेमा मंलाबारसम्म बढेर ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेकाे छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.६५ प्रतिशत रहेको छ। बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले उनीहरूले थप करिब ३ खर्ब कर्जा दिन सक्ने देखिन्छ। यता अन्तरबैंक ब्याजदर पनि ६.१४ प्रतिशतमा पुगेको थियो।

खासगरी बैंकहरूमा रहेको स्थानीय तहको बजेटमध्ये ८० प्रतिशतलाई निक्षेपमा गणना गर्न पाउने निर्णय सरकारले गरेका कारण पनि अहिले बैंकहरूमा तरलता सहज बनेको छ। यसअघि त्यो व्यवस्था पुस मसान्तसम्मका लागि थियो। त्यसको म्याद नथपिँदा समस्यामा पर्न सकिने भएकाले बैंकहरूले सिडी रेसियो तल झारेर राखेका थिए। सो व्यवस्थाको अवधि थपिएपछि अब असारसम्मका लागि बैंकहरूलाई कर्जा विस्तार गर्न सहज भएको छ। (विजनेस न्यूजबाट)

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;