आज सार्वजनिक विदा : सोनाम ल्होछार विविध कार्यक्रम गरि मनाईदै

 लिम्बुवान न्युज
                       

काठमाडौं, ८ माघ । आज तामाङ् समुदायले मनाउने २८५९ सोनाम ल्होछार देशविदेशमा विविध कार्यक्रम गरि मनाइँदैछ ।

तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने पर्व सोनाम ल्होछार विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।

आज यो पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङ संघले बृहत तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरि यो कार्यक्रम गर्दैछ । सो महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको घेदुङ्ले जनाएको छ ।

तामाङ्सालिङ् क्षेत्रमा विशेष गरि मनाइने यो पर्व मुलुकका विभिन्न भागमा छरिएर बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ जाति देशको सबै प्रदेशमा छरिएर रहेता पनि बागमती प्रदेशमा बढी रहेको हुँदा यो पर्व विशेषरुपमा मनाइन्छ ।

यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...