पवित्रहाङमा कपको अन्तिम तयारी पूरा

 लिम्बुवान न्युज
                       

दमक, २२ माघ । किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ को अन्तिम तयारी पूरा भएको छ ।

माघ २२ गते देखि संचालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष मन प्रसाद आङबुहाङले बताए । खेल मैदान मर्मत, अङसीमाङ अङसीमामाङ मञ्च, अतिथि मञ्च र अस्थाई प्याराफिट निर्माणको कार्य पूराभएको अध्यक्ष आङबुहाङले जानकारी दिए ।

नेपाल फुटबल संघका केन्द्रिय सदस्य पेमा लामा प्रमुख आतिथ्यमा सुरु हुने प्रतियोतिताको उद्घाटन खेल भोलि सोमबार दिनको १ वजेदेखि आयोजक टिम माङसेबुङ गाउँपालिका इलाम र नवदीप युवा क्लब मिक्लाजुङ मोरङबीच हुनेछ । उद्घाटनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देव उपस्थित रहनेछ ।

खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, कर्णसिं सोनाम एफ.सि. ताप्लेजुङ, कन्काई नगर खेलकुद विकास समिति झापा रहेका छन् । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी, गाइघाट फुटबल क्लब उदयपुर, एफ.एफ.सि. दार्जिलिङ भारत, जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, घनकुटा जिल्ला फुटबल संघ र नवदीप युवा क्लब मिक्लाजुङ मोरङ रहेका छन् ।

खेलका विजेताले नगद दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।

खेल फागुन ३ गने सम्म प्रस्तावित आङमानन्द रंगशाला संचालन हुने छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...