पवित्रहाङमा कपको अन्तिम तयारी पूरा

,   लिम्बुवान न्युज
                       

दमक, २२ माघ । किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ को अन्तिम तयारी पूरा भएको छ ।

माघ २२ गते देखि संचालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष मन प्रसाद आङबुहाङले बताए । खेल मैदान मर्मत, अङसीमाङ अङसीमामाङ मञ्च, अतिथि मञ्च र अस्थाई प्याराफिट निर्माणको कार्य पूराभएको अध्यक्ष आङबुहाङले जानकारी दिए ।

नेपाल फुटबल संघका केन्द्रिय सदस्य पेमा लामा प्रमुख आतिथ्यमा सुरु हुने प्रतियोतिताको उद्घाटन खेल भोलि सोमबार दिनको १ वजेदेखि आयोजक टिम माङसेबुङ गाउँपालिका इलाम र नवदीप युवा क्लब मिक्लाजुङ मोरङबीच हुनेछ । उद्घाटनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देव उपस्थित रहनेछ ।

खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, कर्णसिं सोनाम एफ.सि. ताप्लेजुङ, कन्काई नगर खेलकुद विकास समिति झापा रहेका छन् । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी, गाइघाट फुटबल क्लब उदयपुर, एफ.एफ.सि. दार्जिलिङ भारत, जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, घनकुटा जिल्ला फुटबल संघ र नवदीप युवा क्लब मिक्लाजुङ मोरङ रहेका छन् ।

खेलका विजेताले नगद दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।

खेल फागुन ३ गने सम्म प्रस्तावित आङमानन्द रंगशाला संचालन हुने छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;