ताप्लेजुङ सेमिफाइनलमा प्रवेशः आज जनता सेभेन स्पोर्टिङ क्लव र धनकुटा भिड्दै

 लिम्बुवान न्युज
                       

माघ २८, माङसेबुङ । इलामको माङसेबुङमा जारी पवित्रहाङ कप फूटबलको शुक्रबार भएको खेलमा माउण्ड एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीलाई २–० गोल अन्तरले पाराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङको जितमा सुजता पालुङवा र सितल क्षेत्रीले एक एक गोल गरिन । खेलको पहिलो हाफको नवौं मिनेटमा ताप्लेजुङका सुजता पालुङवाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

त्यसपछि खेलको २३औ मिनेटमा ताप्लेजुङका सितल क्षेत्रीले गोल गर्दै टिमलाई जित दिलाइन् । ताप्लेजुङकी सितल क्षेत्री खेलको वुमन अफ द म्याच घोषित भइन् ।

इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज शनिबार जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलाम र धनकुटा जिल्ला फुटबल संघ धनकुटाबिच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने अन्तिम क्वाटरफाइनल खेल सुर्योदय इलाम र धनकुटाबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

किरात धर्मगुरु साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा धर्मगुरु लिङदेन आत्मानन्द सेईङज्यूो नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद दुई लाख एक सय ६७ र उपविजेताले एक लाख एक सय ६७ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...