कियाचु फेदेन अध्यक्षमा पुनः नेम्बाङ् निर्वाचित

 लिम्बुवान न्युज
                       


फेदेन, पान्थर । किरात याक्थुङ चुम्लुङ फेदेन नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले पुनः देउकुमार नेम्बाङ् अध्यक्षमा निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न अधिवेशनले नेम्बाङकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्ष बीरबहादुर केरुङ, सचिव सुरेन्द्र केरुङ, सहसचिव सुसिला जबेगु कोषाध्यक्ष कमला तुम्बापो नेम्बाङ् निर्वाचित भएका छन् ।

यसरी नै समितिको सदस्यहरूमा गणेश बहादुर लिम्बू, कल्पना तुम्बापो, धनकुमारी तुम्रोक, गंगामायाँ तुम्रोक, पृथ्वीविक्रम इङ्वा, जयप्रसाद मेयोङ्बा, कमल तुम्रोक, महेन्द्रकुमार तुम्बापो, भीमकुमारी तुम्बापो, जयबहादुर नेम्बाङ रहेका छन् ।

‘कोशी प्रदेश खारेज गर’ भन्ने मुल नारा सहित फेदेन बजार परिक्रमा गरि गरिएको उद्घाटन समारोहमा प्रमुख अतिथि चुम्लुङ प्रदेश अध्यक्ष मधु केरुङ, राजनैतिक दलका प्रतिनिधिहरु, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलेन्द्र सुब्बा, राष्ट्रिय चुम्लुङ सदस्य सागर केरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...