चुम्लुङद्वारा पूर्वमुख्यमन्त्री सहित ५ प्रदेशसभा सदस्यहरु सम्मानित

 लिम्बुवान न्युज
                       


ललितपुर, २६ फागुन । किरात याक्थुङ चुम्लुङ संघीय समितिले प्रदेश सभामा किरात लिम्बुवान सगरमाथा नामाकरण दर्ता गरेका पूर्व मुख्यमन्त्री सहित ५ जना प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

शुक्रबार कोशी प्रदेशका प्रदेश सभा सदस्यहरु राजेन्द्र कुमार राई, निर्मला लिम्बू, कमल प्रसाद जबेगु, खिन लङ्वा र बिद्या चाम्लिङ्लाई खदा ओढाएर धन्यवाद, बधाई तथा शुभकामना ज्ञापन गरेका हुन । उनीहरुलाई कियाचूको ललितपुरस्थित चुम्लुङ् हिममा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

गत फागुन १७ गते प्रदेश १ को प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) ले संयुक्त रूपमा किरात–लिम्बुवान–सगरमाथा प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका थिए । सो प्रस्तावको पक्षमा खिनु लङ्वा र विद्या चाम्लिङ रहेको थिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...