गोपाल किरातीको देशभक्त समाजवादी यात्रा पाँचथरबाट शुरु

 लिम्बुवान न्युज
                       

पहिचान विरोधी प्रदेश खारेज गरौं, जनविद्रोहको तयारीमा जुटौं

काठमाडौं, १ चैत्र । प्रदेश १ प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि यतिबेला प्रदेशका जिल्लाहरु अशान्त भईरहेको बेला पूर्वमन्त्री गोपाल किरातीले अभियान थालेका छन् । बहुमतको दम्भमा कोशी नामाकरण गरेर आदिवासी जनजातीहरुको अपमान गरेको भन्दै पहिचानवादी राजनीतिक संघसंगठनहरु प्रतिवादस्वरुप विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरिरहेकाबेला ऐक्यवद्धता जनाउँदै मन्त्री राईले पाँचथरको फिदिमबाट अभियान शुरु गरेका हुन् ।

किराँतीको संयोजकमा ‘देशभक्त समाजवादी यात्रा’ नाम दिएको यस अभियानमा धरानका केदार सोनाङ राई, खोटाङको रोशन किराँती, सोलुका गणेश नाछिरिङ राई लगायतको टोली रहेका छन् ।

‘खासगरी, मधेस प्रदेश नामाकरणबाट पूर्वका आदिवासी र प्रगतिशीलहरु पूर्वमा पनि ऐतिहासिक बासोबास र सामुदायिक पहिचानको आधारमा प्रदेश नामाकरण गरिन्छ भन्नेमा उत्साहित थिए । तर, दलाल पुँजवीवादी र गोर्खालाी अन्धराष्ट्रवादी दल तथा त्यसका सांसदहरुले ऋषिको नामबाट बनेको भनिने कोशी प्रदेश नामाकरण गरेर आदिवासी जनता तथा प्रगतिशीलहरुको भारी अपमान गरेकाछन्’, किराँतीले अभियानबारे जानकारी दिँदै भनेका छन्, ‘प्रतिवादमा जनताले आन्दोलन उठाएका छन् । त्यस न्यायपूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हामीहरु फिदिम पुगेका हौँ ।’

नेता किराँतीले अव के गर्ने भन्ने प्रश्नको जवाफ खोज्नकै निम्ति आफूहरु जनसम्वाद गर्दै अघि बढ्ने र फिदिमबाट सुरु गरिएको उक्त अभियान भक्तपुरमा पुगेर समापन गर्ने बताए । उनले सडक आन्दोलनलाई पनि जारी राख्दै दिर्घकालीन तयारी पनि सँगसँगै गर्नुपर्ने बताए । ‘दीर्घकालीन र कठोर प्रकारको नवीन राजनीतिक तयारीमा केन्द्रीत भएर नै हामीले आदिवासी जनता र प्रगतिशीलहरुको राज्यव्यवस्था स्थापित गर्न सम्भव हुनेछ । ‘पाँचथर–भक्तपुर जनसम्वाद’ यात्रा त्यही दिर्घकालीन तयारीमा केन्द्रीत एउटा अभियान हो भनेर बुुज्न पनि सबैमा अनुरोध गर्दछु’, उनले भने ।

नेता किराँतीले यस अभियान मध्यपहाडी पुष्पलाल लोकमार्ग वरपर भएर अघि बढ्दै पैदल यात्रा गर्ने र जनसम्वादको निष्कर्ष समापन समारोहमा प्रस्तुत गरिने बताए । पूर्वमा छुट्टै सशस्त्र आन्दोलन, महान जनयुद्ध तथा जनआन्दोलन लड्ने जनसमुदाय र उर्जाशील युवाहरुसँग आफूहरु जनसम्वाद गर्न अग्रसर रहेको भन्दै नेता किराँतीले जसबाट पहिचान सुनश्चिततासहित श्रमिकवर्ग, लिङ्ग, जनजाति, क्षेत्र तथा देशभक्तहरुको संयुक्त राज्यव्यवस्था निर्माणको नयाँ झण्डा उठाउन सकिने बताए ।

यस अभियानमा दीर्घकालीन तयारी वैचारिक–राजनीतिक एवं संगठनात्मक समर्थनको अपेक्षा गरेका छन् । नेता किराँतीले ‘देशभक्त समाजवादी यात्रा’को नाममा एक अपील जारी गर्दै समावाद उन्मुख राज्य र आदिवासी पहिचानविरुद्ध आतङ्ककारी हमला गरिरहेको आरोप समेत लगाएका छन् ।

‘आदिवासी पहिचान विरोधी मण्डले प्रदेशहरु खारेज गरौँ संविधान पुनर्लेखन कार्यसूचीको जनविद्रोहको तयारीमा जुटौँ’ भन्ने नारासहित जारी अपीलमा भनिएको छ–‘खसानदेखि थरुवान, मगरात, तमुवान, ताम्सालिङ नेवाः, किरात लिम्बुवान हुँदै कोचिलासम्मको आदिवासी जनताको सार्वभौम पहिचान निषेध गरेर मण्डले प्रदेश नामाकरण अपराध गरिरहेका छन् । समानता, स्वतन्त्रता र बन्धुभाव खातिर संगठित विद्रोहको झण्डा उठाउन आदिवासी र प्रगतिशीलहरु तयार छन् ?’ यदि तयार हो भने समाजवादी राज्यव्यवस्था स्थापनार्थ संविधानको समाजवादी पुनर्लेखन कार्यसूचीमा सम्वाद गर्न नेता किराँतीको अपील गरेका छन् । (दृष्टिन्यूजबाट)

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...