पहिचानकाे लागि युवा दस्ता घाेषणा

 लिम्बुवान न्युज
                       

विराटनगर । कोशी खारेजीको लागि पहिचानको आन्दोलनलाई थप सशक्त बनाउँने उद्देश्यले प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समतिले ‘पहिचानको लागि युवा’ दस्ता गठन गरी घोषणा समेत गरेको छ ।

शुक्रबार विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी भिम राई र विराज लिम्बुको संयोजकत्वमा १ सय ५१ सदस्यीय पहिचानको लागि युवा दस्ता घोषणा गरेको हो ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरले पहिचानको आधारमा प्रदेशको नाम राखिनु पर्छ भन्दै आन्दोलनलाई जारी राखेका छन् ।

 

आन्दोलनका क्रममा गत चैत ५ गते विराटनगरमा भएको वृहत्त जनप्रदर्शनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को गत चैत १० गते उपचारका क्रममा निधन भइसकेको छ ।

लिम्बूलाई सरकारले सहीद घोषणासमेत गरिसकेको छ भने सोही दिनको शोकलाई शक्तिमा बद्लेर आन्दोलन अघि बढाउन पहिचानका लागि युवा घोषणा गरिएको किरात राई यायोक्खाका महासचिव भीम राईले बताए ।

पहिचानसहितको नाम माग गर्दा प्रशासनले दुःख दिएको बताउँदै उनले यसमा कति पनि विचलित नभई लक्ष्य प्राप्ति नभएसम्म अघि बढ्ने र रचनात्मक ढंगले आन्दोलन व्यवस्थित गर्ने उद्देश्यका साथ पहिचानका लागि युवा घोषणा गरेको उनको भनाइ छ ।

उनका अनुसार अनुशासित ढंगबाट किरात राई यायोक्खाको नेतृत्वमा किरात फोर्स, पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समितिको नेतृत्वमा नालीगेन थाङबेन मुककप, राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा काङसोरे फोर्स साथै संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चको नेतृत्वमा एलभी भाेलेन्टियर्स रहेको पनि उनले जानकारी दिए ।

त्यस्तै, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेनले प्रदेशको नाम भनेजस्तो नभएसम्म आन्दोलन जारी रहने बताए ।

विद्रोहलाई निष्कर्षमा पु¥याउन समेत पहिचानका लगि युवा आवश्यक रहेको बताउँदै उनले दुई महिनाभन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

शान्तिपूर्ण आन्दोलन गर्दा राज्य पक्षबाट अश्रुग्यास प्रहार गर्ने, आन्दोलनकारी विरुद्ध आइलाग्ने जस्ता कार्य भएको बताउँदै शान्तिपूर्ण ढंगले जवाफ दिन पहिचानका लागि युवा घोषणा गरिएको उनले बताए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;