पहिचानकाे लागि युवा दस्ता घाेषणा

 लिम्बुवान न्युज
                       

विराटनगर । कोशी खारेजीको लागि पहिचानको आन्दोलनलाई थप सशक्त बनाउँने उद्देश्यले प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समतिले ‘पहिचानको लागि युवा’ दस्ता गठन गरी घोषणा समेत गरेको छ ।

शुक्रबार विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी भिम राई र विराज लिम्बुको संयोजकत्वमा १ सय ५१ सदस्यीय पहिचानको लागि युवा दस्ता घोषणा गरेको हो ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरले पहिचानको आधारमा प्रदेशको नाम राखिनु पर्छ भन्दै आन्दोलनलाई जारी राखेका छन् ।

 

आन्दोलनका क्रममा गत चैत ५ गते विराटनगरमा भएको वृहत्त जनप्रदर्शनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को गत चैत १० गते उपचारका क्रममा निधन भइसकेको छ ।

लिम्बूलाई सरकारले सहीद घोषणासमेत गरिसकेको छ भने सोही दिनको शोकलाई शक्तिमा बद्लेर आन्दोलन अघि बढाउन पहिचानका लागि युवा घोषणा गरिएको किरात राई यायोक्खाका महासचिव भीम राईले बताए ।

पहिचानसहितको नाम माग गर्दा प्रशासनले दुःख दिएको बताउँदै उनले यसमा कति पनि विचलित नभई लक्ष्य प्राप्ति नभएसम्म अघि बढ्ने र रचनात्मक ढंगले आन्दोलन व्यवस्थित गर्ने उद्देश्यका साथ पहिचानका लागि युवा घोषणा गरेको उनको भनाइ छ ।

उनका अनुसार अनुशासित ढंगबाट किरात राई यायोक्खाको नेतृत्वमा किरात फोर्स, पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समितिको नेतृत्वमा नालीगेन थाङबेन मुककप, राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा काङसोरे फोर्स साथै संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चको नेतृत्वमा एलभी भाेलेन्टियर्स रहेको पनि उनले जानकारी दिए ।

त्यस्तै, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेनले प्रदेशको नाम भनेजस्तो नभएसम्म आन्दोलन जारी रहने बताए ।

विद्रोहलाई निष्कर्षमा पु¥याउन समेत पहिचानका लगि युवा आवश्यक रहेको बताउँदै उनले दुई महिनाभन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

शान्तिपूर्ण आन्दोलन गर्दा राज्य पक्षबाट अश्रुग्यास प्रहार गर्ने, आन्दोलनकारी विरुद्ध आइलाग्ने जस्ता कार्य भएको बताउँदै शान्तिपूर्ण ढंगले जवाफ दिन पहिचानका लागि युवा घोषणा गरिएको उनले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...