रेशम चौधरी जेल मुक्त

 लिम्बुवान न्युज
                       


काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी सोमबार छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भएका हुन् ।

मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।

यसपटक चौधरी सहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् । रेशम चौधरी डिल्लीबजार कारगारबाट छुटेलगत्तै पुल्चोक हरिहर भवनस्थित मन्त्री क्वाटरमा पत्नी तथा मन्त्री रञ्जिता श्रेष्ठसँगै पुगेका थिए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरी त्यस लगतै माइतीघर मण्डला पुगेर नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गरेर नेपालगञ्ज पुगेका थिए । चौधरीले आफ्नो पैत्रिक घर कैलाली पुगेर पार्टीका नेता कार्यकर्ता लगायतलाई सोमबार नै भेटघाट गरेका छन् । आज धनगढी काराकारमा कैद सजाय कटिरहेका राजबन्दीहरुसँग भेट्ने कार्यक्रम रहेको समेत बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताएका छन् । असाेज ३ गते सबै राजबन्दीहरूलाइ छुटाउने नाउपाले जनाएकाे छ ।

पार्टी संरक्षक जेलमुक्त भएकाे खुशीयालीमा नाउपाका नेता कार्यकर्ताहरूले विभिन्न स्थानमा साँझ राँकेजुलुस गरेका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...