जेष्ठ १७ गते दखि प्रदेश १ मा आम हड्तालः अशाेक चेम्जाेङ प्रहरी हिरासतमा

 लिम्बुवान न्युज
                       

नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का के. उपाध्यक्ष अशाेक चेम्जाेड लगायत २७ जना अझै प्रहरी हिरासतमा

दमक, १६ जेष्ठ । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले आम हडताल गर्ने चेतावनी दिएको छ ।

समितिले जेष्ठ १५ गते प्रेस विज्ञप्ति जारी गर्दै  जेठ १४ गते शान्तिपूर्ण आन्दाेलनकाे क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरूलाइ १६ गते कार्यालय समय भित्रमा विना शर्त रिहाइ नगरेमा जेष्ठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेश व्यापी आम हड्ताल गर्न बाध्य हुने चेतावनी दिएको हो ।

गत फागुन १७ गते छापामार शैलीमा प्रदेश १ काे नाम  जातीय एकल नश्लीय (गोत्रीय) आधारको कोशी नाम जबरजस्ती राखिएपछि पहिचाबादीहरु आन्दोलनरत छ । आन्दोलनको क्रममा चैत्र ५ गतेकाे प्रदर्शनमा भएकाे प्रहरीदमनबाट टाउकाेमा गम्भीर चाेटलागेका  पदमकुमार लिम्बु ‘लाजेहाङ’ उपचारकाे क्रममा  निधन भइ सहिद भइसकेको छ ।

१४ गते आन्दोलनको क्रममा अादिवासी जनजाति महासंघ, जातीय संस्था तथा विभिन्न पार्टीका  ८६ जना  नेता कार्यकर्ताहरू गिरफतारीमा परेका थिए । ५९ जना १४ गते राती नै छुटेका थिए भने २७ जना छुट्न बाँकी रहेकाे समितिले जनाएकाे छ ।

नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का केन्द्रीय उपाध्यक्ष अशाेक चेम्जाेङ सहित २७ जना प्रहरी हिरासतमा रहेका छन् । यसरी रहनु हुनेमा नाउपाकै केन्द्रीय सदस्य प्रयास बान्तवा राइ, पदम खेवाङ लिम्बु सहित खड्क लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जिव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभि लिम्बू,  नबीन पोमु, प्रदिप लिम्बू, सिताराम राई, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शङ्कर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, रोशन लिम्बू, छबिरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मन कुमार माखिम रहेका छन्। उनीहरूलाइ वडा प्रहरी कार्यालय विराटनगरमा राखिएकाे समितिले जनाएकाे छ ।

पक्राउ परेका नेता कार्यकर्ताहरूलाइ झट्टा मुद्दा लगाउने षडयन्त्र भइरहेकाे हुँदा प्रदेशकाे नाममा असहमति जनाइ शान्तिपूर्ण प्रदेशबासी जनताहरूले गरिरहेकाे अान्दाेलनलाइ असफल बनाउने सबै खाले षडयन्त्रकाे विरूद्धमा संघर्ष समितिले थप कार्यक्रमहरू समेत गर्ने जनाएकाे छ । कार्यक्रममा सहभागी हुन अाउने बस तथा यातायातका साधनहरूलाइ १० ठाउँ चेकजाँच गरेर लाेकतन्त्रमा अधिकार माग्न समेत बन्चित गराउने, पानीकाे फाेहाेरा, अश्रु ग्याँस तथा हवाइ फायर गरी अान्दाेलन भड्काउने खाले कार्य अविलम्ब राेक्न प्रदेश सरकारसँग समितिले माग गरेकाे छ ।


यसैगरी आन्दोलनको क्रममा २० जना घाइते भएकाे संघर्ष समितिले जनाएकाे छ । घाइते हुनेहरूमा (१) गणेश मिभक, मिक्लाजुङ, मोरङ, (२) सन्जय राई, खोटाङ, (३) भवानीबिक्रम शेर्मा, शिवसतासी, झापा, (४) सोनाहाङ राई बिर्तामोड, झापा, (५) असोक घिमिरे, दमक, झापा, (६) विकेश राई, चुलाचुली, इलाम, (७) प्रकाश लिम्बू, इलाम, (८) सामी पालुङ्वा, अर्जुनधारा, झापा, (९) चन्द्र कुमार राई, धरान, सुनसरी, (१०) नरेन्द्र लिम्बू, कमल, झापा, (११) किरण लिङदेन, झापा, (१२) चन्द्र साँवा, अर्जुनधारा, झापा, (१३) मनकुमार थेगिम, माइ न.पा. इलाम, (१४) योगेन्द्र पाकसाँवा, छथर, तेह्रथुम, (१५) खडक योङहाङ, महमाइ, इलाम, (१६) भिमराज लिम्बू मेयङलुङ, तेह्रथुम, (१७) प्रदीप नेयोङ, धरान, सुनसरी, (१८) अर्जुन राई, सुनसरी, (१९) सन्जय कुमार राई, सुनसरी, (२०) विनोद राई, इटहरी सुनसरी र (२१) पदम खेवाङ, धरान सुनसरी रहेका छन् । खेवाङ अझै पनि प्रहरी हिरासतमा रहेका छन् । घाइतेहरूकाे उपचार भइरहेकाे र  सामान्य घाइतेभएकाहरूलाइ डिस्चार्ज गरिसकिएकाे बताइएकाे छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;