पक्राउ परेका २६ जनाको रिहाईः अनिश्चितकालीन आम हड्ताल फिर्ता

 लिम्बुवान न्युज
                       


दमक, १६ जेष्ठ । शान्तिपूर्ण प्रदर्शनको क्रममा पक्राउ परेका २६ जना नेता कार्यकर्ताहरु विनाशर्त रिहाई भएका छन् । प्रदेश १ को नाम कोशी खारेजीको माग राख्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुलाई १४ गते प्रहरीले हिरासतमा लिएको थियो ।

जेठ १६ गते कार्यालय समयभित्र पक्राउ गरिएकालाई नछाडे १७ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा गरेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले अनिश्चितकालीन हाम हडताल नगर्ने भएको छ ।

जेठ १६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा आन्दोलनरत पक्ष र जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल पत्रकार महासङ्घको प्रतिनिधि तथा मानव अधिकारकर्मी समेतको उपस्थितिमा पक्राउ परेका २६ जना आन्दोलनकारीहरूलाई विनासर्त रिहाइ गर्ने सहमति भएपछि आम हड्ताल फिर्ता गर्ने निर्णय भएको संघर्ष समितिका किरात राई यायोक्खाका नेता अर्जुन जम्नेलीले जानकारी दिएका छन् ।

सहमति पछि संघर्ष समितिले बिज्ञप्ति जारी गरी पक्राउ परेका नेता कार्यकर्ताहरूलाई रिहाइ भएको हुँदा जेठ १७ गतेदेखि गर्ने भनी घोषणा भएको प्रदेश व्यापी अनिश्चितकालीन आम हड्ताल तत्कालका लागि फिर्ता लिने र १७ गते विराटनगरमा हुने विरोध प्रदर्शन भने जारी रहने जनाएको छ । सो प्रदर्शनमा सहभागिताको लागि सम्पूर्णलाई विज्ञप्ति मार्फत आव्हान समेत गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का केन्द्रीय उपाध्यक्ष सहित अमृत राई, आरभि लिम्बू ‘भविश्वर’, कुलप्रसाद लिम्बू, कुसुम राई, खड्क लिम्बु, छबिरमण सार्की, जेबी साँबा, ताराकुमार लिम्बू, दुर्गा मगर, नबीन पोमु, पदम खेवाङ, प्रदिप लिम्बू, प्रमोद लिम्बू, प्रयास बान्तावा राई, मनकुमार थेगिम, मनकुमार लिम्बू, राजभक्त लिम्बू, रोशन लिम्बु, शङ्कर लिम्बू, सञ्जिव लिम्बू, सन्तोष सम्बाहाम्फे, सिताराम राई, सुकराज थेबे, सुकराज लिम्बू र सुमन केरुङ आज हिरासत मुक्त भएका छन् ।

उनीहरू साँझ वडा प्रहरी कार्यायल विराटनगरबाट छुटेपछि संघर्ष समितिले कोणसभा समेत गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;