पक्राउ परेका २६ जनाको रिहाईः अनिश्चितकालीन आम हड्ताल फिर्ता

 लिम्बुवान न्युज
                       


दमक, १६ जेष्ठ । शान्तिपूर्ण प्रदर्शनको क्रममा पक्राउ परेका २६ जना नेता कार्यकर्ताहरु विनाशर्त रिहाई भएका छन् । प्रदेश १ को नाम कोशी खारेजीको माग राख्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुलाई १४ गते प्रहरीले हिरासतमा लिएको थियो ।

जेठ १६ गते कार्यालय समयभित्र पक्राउ गरिएकालाई नछाडे १७ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा गरेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले अनिश्चितकालीन हाम हडताल नगर्ने भएको छ ।

जेठ १६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा आन्दोलनरत पक्ष र जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल पत्रकार महासङ्घको प्रतिनिधि तथा मानव अधिकारकर्मी समेतको उपस्थितिमा पक्राउ परेका २६ जना आन्दोलनकारीहरूलाई विनासर्त रिहाइ गर्ने सहमति भएपछि आम हड्ताल फिर्ता गर्ने निर्णय भएको संघर्ष समितिका किरात राई यायोक्खाका नेता अर्जुन जम्नेलीले जानकारी दिएका छन् ।

सहमति पछि संघर्ष समितिले बिज्ञप्ति जारी गरी पक्राउ परेका नेता कार्यकर्ताहरूलाई रिहाइ भएको हुँदा जेठ १७ गतेदेखि गर्ने भनी घोषणा भएको प्रदेश व्यापी अनिश्चितकालीन आम हड्ताल तत्कालका लागि फिर्ता लिने र १७ गते विराटनगरमा हुने विरोध प्रदर्शन भने जारी रहने जनाएको छ । सो प्रदर्शनमा सहभागिताको लागि सम्पूर्णलाई विज्ञप्ति मार्फत आव्हान समेत गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का केन्द्रीय उपाध्यक्ष सहित अमृत राई, आरभि लिम्बू ‘भविश्वर’, कुलप्रसाद लिम्बू, कुसुम राई, खड्क लिम्बु, छबिरमण सार्की, जेबी साँबा, ताराकुमार लिम्बू, दुर्गा मगर, नबीन पोमु, पदम खेवाङ, प्रदिप लिम्बू, प्रमोद लिम्बू, प्रयास बान्तावा राई, मनकुमार थेगिम, मनकुमार लिम्बू, राजभक्त लिम्बू, रोशन लिम्बु, शङ्कर लिम्बू, सञ्जिव लिम्बू, सन्तोष सम्बाहाम्फे, सिताराम राई, सुकराज थेबे, सुकराज लिम्बू र सुमन केरुङ आज हिरासत मुक्त भएका छन् ।

उनीहरू साँझ वडा प्रहरी कार्यायल विराटनगरबाट छुटेपछि संघर्ष समितिले कोणसभा समेत गरेको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...