मुलुकभर उन्मुक्ति प्रवेशको लहर, हजाराैंलाई पार्टीमा स्वागत

 लिम्बुवान न्युज
                       

११ असार, लिम्बुवान ।  नागरिक उन्मुक्ति पार्टी (एकीकृत)मा मुलुकभर हजाराैं जना पार्टी प्रवेश गरेका छन् । आइतबार बर्दियाको गुलरियामा पार्टी कार्यालयको उद्घाटन गर्दै संरक्षक रेशम चाैधरीले यस्तो बताएका हुन् ।

राष्ट्रपति रामचन्द्र पाैडेलबाट गत साउन १५ गते चाैधरीले अाम माफी पाइ रिहाइ भएकै दिन देखि देश दाैडाहामा सुदुरपश्चिम देखि पूर्व झापासम्म  तराइका २२ वटै जिल्लाहरूमा सयाैं कार्यक्रमहरू भएसँगै  हजाराैंले पार्टी प्रवेश गरेकाे उनले बताएका छन् ।

पार्टीका संरक्षक चौधरीले आफ्नो पार्टीको मुल लक्ष्य मुलुकको सुशासन, विकास र समृद्धि नै भएको बताएका छन् ।

सबै नागरिकले समान रुपमा जीवन जिउन पाउनु पर्ने र त्यसको ग्यारेण्टी राज्यले लिनु पर्ने भन्दै उनले सबै दलका नेताहरुले यसमा गम्भिर बन्न आग्रह समेत गरे ।

पार्टी कार्यालय उद्घाटनसँगै विभिन्न दलहरु परित्याग गरि आएकाहरुलाई उनले पार्टी प्रवेश समेत गराए ।  उनले जनताका मुद्दामा इमान्दार बनेर काम गर्ने पार्टी नाउपा मात्रै भएकाले अब यसको विकल्प नभएको समेत दाबी गरे ।

आफुले मुलुकभर संगठन विस्तार एवं भेटघाट गरिरहँदा जनताले देखाएको विश्वासलाई आफुले कहिल्यै नतोड्ने समेत बताए । सबै जाती वर्गहरूलाइ समेट्ने पहिचानवादी पार्टीमा प्रवेशको लहरले एकताबद्धरुपमा मुलुकको विकास गर्न सहयोग पु¥याउन आफ्नाे इच्छा थप बलियो बन्दै गएको उनले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...