यायोक्खाले ३६ औं स्थापना दिवस विभिन्न व्यक्तित्वहरूलाइ सम्मान गर्दै मनायाे

 लिम्बुवान न्युज
                       

दमक, २२ साउन । विभिन्न सर्जक/कलाकारहरुलाई सम्मान तथा विद्यार्थीहरुलाई छात्रावृति प्रदान गर्दै किरात राई यायोक्खाको ३६ औं स्थापना दिवस आज समापन भएको छ ।
यायोक्खा केन्द्रीय समितिको आयोजनामा संघीय अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा ललितपुरको कृष्टल पार्टी प्यालेसमा स्थापना दिवस समापन भएको हो ।
स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, नेपाली भाषाका महागायक राजेशपायल राई, सहित्यकार भद्रगोल किराती, पत्रकारहरु दिपिन राई, श्रृशिसा राईलगायतलाई सम्मान र विद्यार्थीहरुलाई छात्रावृति प्रधान गर्दै यायोक्खाको ३६ र्औ स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, सम्मानित व्यक्ति महागायक राजेशपायल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली राई लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
यायोक्खाले स्थापना दिवसको अवसरमा विभिन्न बिषयमा विद्यावारिधी गर्ने व्यक्तिहरु, कला, सहित्य, पत्रकारिता क्षेत्रबाट संस्था र समुदायलाई योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । त्यस्तै गरेर खोज अनुसन्धानदाता र प्रकाशित पुस्तकलाई पुरस्कृत गर्दै आएको छ ।
यायोक्खा केन्द्रीय महासचिव भीम राईद्वारा सञ्चालित कार्यक्रममा सहअध्यक्ष ज्ञानबहादुर राईले स्वागत मन्तब्य दिएका थिए ।

मोरङमा वृक्ष रोपन

किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले वृक्ष रोपन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएका छन् ।
यायोक्खा नगर अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा संगठनको केन्द्रीय उपमहाचिव समेत रहेका प्रमुख अतिथि अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरहाङ राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
वक्ताहरुले १ नं. प्रदेशको नाम कोशी खारेजीको आन्दोलनकै रुपमा स्थापना दिवस मनाइएको बताए । नगर सचिव निर्माला राईले सञ्चालन गरेको कार्यक्रममा कोशी नाम खारेजी नभएसम्म आन्दोलन जारी रहने वक्ताहरुको उद्घोष थियो ।
साकेला थानमा रहेको यलम्बरको मुर्ति अगाडी आयोजित शुभकामना आदानप्रदानपछि परिसरमा विभिन्न जातका विरुवा रोपेर स्थापना दिवस मनाएका हुन् ।
यायोक्खाको विदेश शाखाहरु र नेपालको सुनसरी, उदयपुर, इलाम, झापा लगायत बिभिन्न जिल्ला र स्थानीय तहहरुमा स्थापना दिवस समापन भएको यायोक्खाले जनाएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...