लिम्बु चलचित्र ‘सुगुप’को पहिलो पोष्टर सार्वजनिक

 लिम्बुवान न्युज
                       


काठमाडौं । याक्थुङ लिम्बु चलचित्र ‘सुगुप’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । चलचित्र केही समयपछि बजारमा आउने भएपछि पहिलो पोष्टरलाई फिल्म युनिटले सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

लोकेन साँवाको निर्देशनमा बनेको चलचित्रमा शैलेन्द्र कुमार नाल्वो र रविन कुमार नाल्वोको प्रस्तुति एवम् निर्माण रहेको छ । हाल चलचित्रको हाल पोस्ट प्रडक्सनमा काम भइरहेको निर्देशक साँवाले बताए । उनले पहिलो प्रदर्शन हङकङबाट हुने समेत खुलाए ।

चोक्फुङ इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा रीता फोम्वो ठूली, यासेली योङहाङ र सागर केरुङले रचना गरेका गीतहरूमा अशोक कुमार लोहोरुङको सङ्गीत सुन्न सकिन्छ । जसमा गायकगायिकाहरू राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम मनु नेम्वाङ, सुमन लिम्बु, रुकमान लिम्बु, निरन्ता नेम्वाङ, जीवन केदेमले स्वर दिएका छन् ।

चलचित्रमा प्रेम सुब्बा, मौसम इम्बुङ, बबिता नेयोहाङ लिम्बु, यासेली योङहाङ, सुम्निमा खापुङ, तीर्थ मादेम्बा, मन सोदेम्बा, रुकमान लिम्बु, डम्बर कुमारी पयाङ्गु, नीता लिम्बु, उदय बेघा, मन कुमार योङहाङ, सागर केरुङ, शैलेन्द्र कुमार नाल्वो, रविन कुमार नाल्वो, इन्द्र पङ्धाक, युवराज इस्वो, लिला सेलिङ मावो, दिल माया लाबुङ (नाल्वो), थानाहाङ तिगेला, सीता लिम्बु आशिष थोप्रा, इन्द्र शेर्पा, पन्न्ना आङ्बोले अभिनय गरेका छन् । चलचित्रको छायाङकन युवराज राई(वीर बहादुर), सम्पादन विपीन मल्ल, भेषभूषा युनिक क्रिएसन, निर्माण व्यवस्थापक इन्द्र शेर्पा, श्रङ्गार विजय लामाले गरेका छन् ।

‘सुगुप’ चलचित्रमा रोमियन वनेम लिम्बु, एलपी साँवा, मनिसा सुब्बा नाल्वो, सिरि प्रसाद माबो, राम प्रसाद पङ्धाकहरू निर्माता रहेका छन् । पटकथा देवेन्द्र खापुङको रहेको फिल्ममा किसोर सम्बाहाङ्फे र विष्णु मोक्तानको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन, राज कुमार आङ्देम्बे र डीबी आङबुङको भाषा एवम् सबटाइटल रहेको छ । मुख्य सहायक निर्देशकमा राजु घिमिरे छन् भने कथा स्वयं निर्देशक साँवाले गरेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;