पाँचौं दमक महोत्सव आजबाट शुरु हुँदै

 लिम्बुवान न्युज
                       


दमक, २८ माघ । झापाको दमकमा आजबाट पाँचौ दमक महोत्सव सुरु हँुदैछ । १५ दिन सम्म चल्ने यो महोत्सवमा ३ करोड बढिको आर्थिक कारोबार हुने दावी गरिएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको यो महोत्सवमा १ सय भन्दा बढि स्टलहरुमा बिभिन्न ब्यापारीहरुले बुकिङ गरिसकेका छन् ।

फागुन १२ गतेसम्म चल्ने महोत्सवमा भारतका बिभिन्न व्यवसायीक सस्थाहरुले समेत स्टल बुकिङ गरेका छन् भने अन्य सबै स्टल दमकका उद्योगी तथा व्यवसायीहरुको रहेको महोत्सव संयोजक राजु खड्काले जानकारी दिएका छन् ।

अहिले आर्थिक मन्दिको मार खेपीरहेका व्यापारीहरुकालागि यो महोत्सवले केहि राहत दिने विस्वास गरिएको आयोजकले जनाएको छ । व्यापारीको अहिलेको समस्याका बारेमा केहि अवगत गराउँदै त्यसमा सरकारका तर्फबाट केहि सम्बोधन गराउन बिभागीय मन्त्रीलाई महोत्सवको उद्धघाटनका लागि बोलाइएको सघंका अध्यक्ष गोपाल गुरागाईले वताए ।

सोही अनुरुप अर्थमन्त्री प्रकाश शरण महतले आज माध्यान्हमा महोत्सवको उद्धघाटन गर्ने गरी समय तय गरिएको अध्यक्ष गुरागाईले बताए । यस्तै आज महोत्सव अवलोकन गर्न सबैकालागि निशुल्क व्यवस्था समेत गरिएको उनले बताए ।

दमक ७ को सयपत्री टोल स्थित रतुवा खोला किनारमा लाग्ने महोत्सवमा अन्य दिन भने एक सयको प्रवेश शुल्क लाग्नेछ । महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरु सांगीतिक प्रस्तुति रहने प्रचार प्रसार उपसमितिका संयोजक तुलसीराम तिम्सीनाले बताए ।

उनका अनुसार महोत्सवमा उद्घाटनमा यहाँको साँस्कृतिक पहिचानहरुको प्रर्दशनी लगायतका कार्यक्रमहरु पनि रहेकाछन् । महोत्सवबाट बचत हुने रकम निर्माणाधीन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने उद्योग वाणिज्य संघ दमकले जनाईएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;