मेडिकल व्यवसायी दुर्गा प्रसाई भक्तपुरबाट पक्राउ

 लिम्बुवान न्युज
                       

ललितपुर, ६ भदौं । झापा विर्तामोडका मेडिकल व्यसायी दुर्गा प्रसाई आइतबार अपराह्न पक्राउ गरेको छ । भक्तपुरस्थित आफ्नै घरबाट प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईमाथि विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिने गरेको उजुरी परेपछि सोही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले गत बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले त्यसको विरोध गर्दै खारेज हुनुपर्ने विभिन्न संचारमाध्यमहरु मार्फत बताइरहेका थिए ।

प्रसाईको समर्थकले शनिबार साँझ देशको विभिन्न स्थानहरुमा मशाल जुलुससमेत निकालेका थिए । आइतबार दिउँसो भक्तपुरस्थित प्रसाईंको घरमा साइबर ब्युरोका प्रहरीहरू पुगेका थिए । त्यसबेला उनले गेट खोल्न मानेका थिएनन् । भ¥याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिनुपरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ गरेर साइबर ब्युरो ल्याइसकेपछि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफू शरीरमा एक थोपा रगत रहुन्जेल लडिराख्ने अभिव्यक्ति दिएका थिए । प्रसाईंविरूद्ध साइबर ब्युरोमा व्यक्तिको चरित्र हत्या गरेकोलगायत उजुरी परेपछि प्रहरीले उनलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युरोका डिआइजी नवीन्द अर्यालले बताए । प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको जाहेरी परेकोले सोहीअनुसार अब अनुसन्धान अघि बढ्ने उनले बताए । ब्युरोले प्रसाईंलाई यसअघि पनि आपत्तिजनक अभिव्यक्ति नदिन पटकपटक सचेत गराउँदै आएको जनाएको छ ।

साइबर ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको हो । साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...