दमक चिया बगानका मजदुरहरूलाइ घर खाली गर्न पत्रचारः मजदुरहरू शसंकित

 लिम्बुवान न्युज
                       

दमक, ४ पुष । झापा दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको छ ।

पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त कर्मचारी र मजदुरका नाममा पत्र पठाउँदै घर खाली गर्न निर्देशन दिएपछि मजदुरहरू ‘बिचल्ली हुने हो कि’ भनेर सशंकित छन् ।

हिमालय टी गार्डेनमा २०१८ सालदेखि मजदुरी गरेकाहरूका छोरानातिको जीवन आधा भइसकेको मजदुर नेता तथा दमक ९ का वडा सदस्य नरेश सुनुवारले बताए ।

पहिलेका निर्देशकले यही बस्नु भनेका थिए । हालका व्यवस्थापनले हट्नुस भन्दै पत्राचार गरेको उनले सुनाए ।

पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ पीपल बस्ती र दक्षिणतर्फको गणेश टोलमा बगानमा काम गरेर ‘रिटायर्ड’ भएका बढीमा २० सहित ११८ घरधुरीको बसोबास छ ।

बगानले नै उपलब्ध गराएको जमिनमा उनीहरूले घर बनाएका छन् । ती बस्ती दमक वडा नम्बर ४ र ९ मा अवस्थित छन् ।

मजदुर नेता सुनुवारका अनुसार केही समयअघि युनियनको कार्यालय खोल्दासमेत विवाद हुन पुग्यो । व्यवस्थापनले अवरोध गरेपछि मजदुरले विरोध गरे ।

बगान व्यवस्थापनले बस्ती भएको ठाउँमा स्थानीय सरकारका तर्फबाट ल्याइएका विकासका योजनामा समेत अवरोध गरिरहेको छ ।

सामुदायिक भवन निर्माण गर्न विनियोजन गरेको बजेट काम गर्न नदिइएपछि ‘फ्रिज’ हुन पुग्यो ।

गत साउनमा बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दमक–४ मा अवस्थित बस्तीमा खानेपानी विस्तार गर्न पाइप जडानको काम सुरु गरेको थियो ।

तर, बगान व्यवस्थापनले रोकिदियो । बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार बगान व्यवस्थापनले ‘अस्थायी बस्तीमा खानेपानीको पाइप विस्तार गरिरहन आवश्यक नभएको’ दलिल पेश गरेको थियो ।

यो टि गार्डेनको नाममा दमकमा करिब ६ सय बिघा जग्गा रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...