उर्लाबारीमा पाँचौं धिमाल जातिको चिचिरी, गेन्द्रो दिवस मनाइने

 लिम्बुवान न्युज
                       


दमक, २१ पौष । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा पाँचौं चिचिरी, गेन्द्रो दिवस मनाइने भएको छ । धिमाल जातिको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धन गर्न मोरङको उर्लाबारीमा चिचिरी, गेन्द्रो दिवस–२०८१ माघ १२ गते शनिबारका दिन मनाउने निर्णय भएको हो ।
धिमाल जातिको लोपोन्मुख सँस्कृति, कला, मौलिकता र स्वास्थ्य खानाका परिकारहरुलाई प्रबद्र्धन गर्न यो दिवस हरेक वर्ष मनाउने गरेको धिमाल जातिय विकास केन्द्रका महासचिव मातृका धिमालले बताउनु भयो ।
धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरु पाईने उनले बताए । सो अवसरमा विभिन्न राष्ट्रिय तथा धिमाल जातिका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि हुने उनले बताए ।
यस अघि झापाको दमकमा पहिलो संस्करण, मोरङको उर्लाबारी मङलबारेमा दोस्रो संस्करण र मोरङको बेलबारीमा तेस्रो संस्करण र पथरीमा चौथो संस्करणको चिचिरी, गेन्द्रो दिवस मनाइएको केन्द्रका सहअध्यक्ष केदार धिमालले लिम्बुवान खबरलाई बताउनु भएको छ ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...