कियाचु दमकको ताम्भुङ्चा थिम्बे सम्पन्न (फोटो फिचर)

,   लिम्बुवान न्युज
                       

दमक, १२ माघ । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको आयोजनामा येले तङ्बे ५०८५ तथा कक्फेवा तङनामको अवसरमा शुक्रबार ताम्भुङचा थिम्बे बनभोज कार्यक्रम आयोजना गरेको छ ।
झापा र इलामको संगम चुलाचुली ५ चपेटीस्थित बनभोजस्थलमा सयौंको उपस्थितिमा भव्य भएको सम्पन्न भएको कियाचु दमकका नगर अध्यक्ष देवेन्द्र चेम्जोङले बताउनु भयो ।
कियाचु दमकको आयोजनामा भएको उक्त कार्यक्रममा दमकका याक्थुङबाहरुको बाक्लो उपस्थिति रहेको थियो भने छिमेकी पालिका कमल, चुलाचुली लगायतबाट पनि कार्यक्रममा सहभागी भएको अध्यक्ष चेम्जोङले बताउनु भयो । कियाचु संघीय सदस्यहरु, प्रदेश समिति, झापा जिल्ला समिति लगायतका कियाचु प्रतिनिधिहरुपनि ताम्भुङचा थिम्बेमा सहभागी भएको वहाँले बताउनु भयो ।
ताम्भुङचा कार्यक्रममा धान नाँच, ख्याली, हाक्पारे, पःलुङ, डोरी तान्ने लगायत विविध सांगीतिक प्रस्तुतीहरु सहित कार्यक्रम सम्पन्न भएको कियाचु दमकले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;