किरात याक्थुङ चुम्लुङ् मेयङलुङ, छथर र आठराईको अधिवेशन सम्पन्न

 लिम्बुवान न्युज
                       


ललितपुर, ३ जेठ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखा अन्तर्गत मेयङ्लुङ, छथर र  आठराइकाे शनिबार अधिवेशन सम्पन्न भएकाे छ । तीन स्थानीय तहकाे अधिवेशन कियाचू तेह्रथुम शाखाले एकैदिन सम्पन्न गरेकाे हाे ।

शनिबार कियाचु लिम्बुवान प्रदेश समितिका उपाध्यक्ष टंकमाया तिगेला(सिङ्गक) ज्युको प्रमुख आथित्यमा कियाचु जिल्ला शाखा तेह्रथुमको सभाहलमा मेयङलुङ नगर समितिकाे दाेस्राे अधिवेशन सम्पन्न गरिएको हो ।

साम थाम्देनको अध्यक्षतामा १५ सदस्य नयाँ समिति निर्विरोध रुपमा चयन भएको छ । समितिको उपाध्यक्षमा डम्वर खापुङ, सचिव अनिशा तेन्युङ, सहसचिव सुर्य थेगुवा र कोषाध्यक्षमा तुलामाय नेयङ निर्वाचित भएका छन् । यसरी नै सदस्यहरुमा गंगा माया तिगेला, पविना संबाङ्फे, देबि आङ्बुङ, देविनारायन संबाङ्फे, मिना निङ्लेकु, शन्तोश आङ्बुङ, लक्ष्मी तेन्युङ, पार्वती तेन्युङ, धनसुन्दर आङ्बुङ र प्रेम सोदेम्बा रहेका छन् ।

यसैगरी छथर शाखा तेह्रथुमको तेश्रो अधिवेशनबाट श्री नन्द प्रसाद तुम्खेवाको अध्यक्षतामा १४ सदस्यीय पालिका समिति सर्बसम्मत गठन भएको छ । छथर गाउँपालिका अध्यक्ष सन्तोस तिगेलाको प्रमुख अतिथ्यतमा नन्द प्रसाद तुमखेवाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।

समितिमा उपाध्यक्ष दुर्गा बहादुर कुरुम्भङ, सचिवमा लोकेन्द्र पयाङ्गु, सहसचिवमा नगेन पाक्सावा र कोषाध्यक्षमा कृष्ण तिगेला निर्वाचित भएका छन् । यसैगरी सदस्इहरुमा डिल्लीमान पारघरी, टेक बहादुर सान्वा, रीता लिम्बु, मनकुमारी लिम्बु, प्रेम बहादुर सान्वा, कल्पना लिम्बु, रुपना लिम्बु र कविता लिम्बु रहेका छन् ।

कार्यक्रममा विशेष अतिथि कियाचु तेह्रथुम जिल्ला कार्य समितिका उपाध्यक्ष तुलसीमान तिगेला लगायत कियाचूका आजीवन सदस्इहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी शनिबार नै किरात याक्थुङ चुम्लुङ गाउँशाखा समिति आठराइको तेस्रो अधिवेशनले राम कुमार इङनामको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

कियाचू संघीय उपाध्यक्ष कमला फोम्बोको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ्को विशेष आतिथ्यता रहेको कार्यक्रमले नयाँ समिति गठन गरेको हो ।

कार्यक्रमबाट उपाध्यक्षमा ओम कुमार कन्दङ्वा, सचिवमा शुशील कन्दङ्वा, सहसचिवमा शिक्षिका लिम्बु र कोषाध्यक्षमा भूवन किसोर इङ्नाम निर्वाचित भएका छन् । यसैगरी समितिको सदस्यहरुमा दिवश सिंघक, नइन्द्र लिम्बु कन्दङ्वा, रामचन्द्र कन्दङ्वा, संगीता लिम्बु, नरेन्द्र लिम्बु फोम्बो, राजेश ईङ्नाम, लक्ष्मी कन्दङ्वा, भिमराज कन्दङ्वा, चन्द्रबहादुर कन्दङ्वा, चक्र ईङनाम, गणेश कन्दङ्वा र टिका राज फोम्बो निर्वाचित भएका छन् ।

कार्यक्रममा जिल्ला सल्लाहकार जय प्रकाश इङनाम, जिल्ला सदस्यद्वय कुमार कन्दङवा र करिना थलङ, कियाचु पुर्व आठराई अध्यक्ष मृगेन इङनाम लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...