लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ।

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म चलेको भेला तथा बैठकमा दश थुममध्ये नौ थुम समितिका पदाधिकारी तथा सदस्य सहित लिम्बू थरगत (याक्थुङ सयङ) सहजीकरण समूहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

आइतबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन आयोजना गरेर भेला तथा बैठकका निर्णयहरु सार्वजनिक गरिएको हो। नेपाल पक्षराष्ट्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि (आइएलओ) नं.१६९ र आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (युएनड्रिप)मा भएको कानूनी प्रावधान बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कानून निर्माण र संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश भएकाले सो कार्यान्वयन गर्न गराउन पहल गर्ने भेलाले निर्णय गरेको छ।

त्यस्तै राष्ट्रिय, अन्तर्राष्ट्रिय कानून र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र १२ अनुसार याक्थुङ (लिम्बू) आदिवासीहरुसँग सम्बन्धीत परम्परागत प्रथाजनित भूमिलाई सामूहिक सामुदायिक सम्पतिको रुपमा पालिका तथा वडामा अभिलेखिकरण गर्ने पनि भेलाले निर्णय गरेको छ। यो कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने भनिएको छ।

पूर्व सुसूचित स्वतन्त्र मञ्जुरी (एफपिआइसी)को अधिकारलाई कार्यान्वयन गर्न सबै निकायमा काम गर्ने, याक्थुङ (लिम्बू)हरुको प्रथाजनित संस्था ‘चुम्लुङ’ लाई तीन सय २३ थरहरुमा साथै कतिपय क्षेत्र तथा गाउँ प्रथाजनित संस्था २०८३ साल जेठ भित्रमा पुनर्निर्माण गरिसक्ने, अप्रभंसित भएका स्थान नामहरुलाई प्रत्येक थुमबाट कम्तिमा दश वटाको दरले सम्बन्धीत निकायमा सच्याउनका लागि पहल गर्ने लगायतका १५ वटा निर्णय भएका पत्रकार सम्मेलनमा सहजीकरण समूहका संयोजक नन्द कन्दङवाले बताए।

भेला तथा बैठकका निर्णयहरुः

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;