
दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो ।
धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै संघीय लिम्बुवान प्रान्तीय मञ्च अन्तर्गतको लिम्बुवान भोलेन्टियर्समा आबद्ध भएका हुन् । भोलेन्टियर्समा जोडिएकाहरुमा सौगात भन्डारी, समीर अधिकारी, गुम्बा राई, प्रनिश तामाङ, आयुश राई, आदित्य श्रेष्ट, सक्षम कार्की, तोइङहाङ राई, सुजल लिम्बु सोपिश लिम्बु, तङनाम लिम्बु, बिक्रम लिम्बु, प्रजल राई, सुसान्त लिम्बु, शेशे लिम्बु, सुयुन लिम्बु, खेशेहाङ लिम्बु, इन्द्र बहादुर लिम्बु, कमल लिम्बु, रोजन राइ र इन्द्र लिम्बु रहेका छन् ।
कार्यक्रममा जेनजी युवाहरुलाई स्वागत गर्दै जिम्मेवारी प्रदान गरिएको भोलेन्टियर्स स्रोतले बताएको छ ।