मुक्कुमलुङ केवलकार विवाद: सुरक्षा क्याम्प हटाउन गृहमन्त्री गुरुङको निर्देशन

 लिम्बुवान न्युज
                       

ललितपुर । मुक्कुमलुङ क्षेत्रको केबलकार परियोजनामा खटाइएका सशस्त्र र जनपथ प्रहरीलाई फिर्ता बोलाउन गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन्। उनले प्रहरी मुख्यालयलाई परियोजनास्थलमा तैनाथ सुरक्षाकर्मी हटाउन भनेका हुन्। मुक्कुमलुङ (पाथीभरा) दर्शनका लागि जाने तीर्थालुहरुको सेवामा खटिने फेदीको चौकी भने यथावत रहनेछ।

केबलकार परियोजनाका सञ्चालक चन्द्र ढकालले अघिल्लो सरकारसँग समन्वय गरेर खटाएका सुरक्षाकर्मी भने अब फिर्ता हुने भएका छन्। मुन्धुमी तथा धार्मिक र ऐतिहासिक महत्व बोकेको क्षेत्रमा जबरजस्ती केबलकार निर्माण गर्न खोजिएको भन्दै स्थानीय लिम्बु याक्थुङहरुले लामो समयदेखि विरोध गर्दै आएका छन्। आफ्नो मुन्धुमी आस्थाको धरोहर तथा मुन्धुमी स्थल अतिक्रमणको विरुद्ध पहिचान पक्षधर लामो समयदेखी आन्दोलनरत छन् ।

अघिल्लो सरकारको समयमा परियोजना अघि बढाउने क्रममा प्रहरी परिचालन गरी स्थानीयमाथि गोली चलाइएको घटनाले थप विवाद सिर्जना गरेको थियो। नयाँ सरकार गठन भएसँगै उक्त घटनाको छानबिन हुने र पीडितले न्याय पाउने अपेक्षा स्थानीयले गरेका छन्। निर्वाचनअघि मुक्कुमलुङ (पाथीभरा) पुगेका प्रधानमन्त्री बालेन्द्र शाहसँग स्थानीयले जंगल फँडानीको विषयमा गुनासो गरेका थिए। पछिल्लो समय वन फँडानीका लागि फर्जी कागजात प्रयोग गरिएको आशंका पनि उठेको छ।

गृह मन्त्रालयमा पीडितहरुसँग भेटपछि मन्त्री गुरुङले तत्काल कदम चाल्दै सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएका हुन्। साथै, गोलीकाण्ड र वन फँडानी सम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न स्थानीयले माग दोहोर्याएका छन्। यस्तै उक्त परियोजनाको फेदिमा बन्दैगरेको स्टेशन जग्गा केनविचमा पनि ठूलो आर्थिक चलखेल भएको त्यस सम्बन्धी पनि छ्नविनको माग गरेका छन् !

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;