दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा मङ्गलबार कार्यक्रम सम्पन्न भएको हो ।
यस अघि केबलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विभिन्न चरणका सङ्घर्षको कार्यक्रम घोषणा गरेको थियो । सोही घोषित कार्यक्रम अनुसार मङ्गलबार विभिन्न राजनीतिक दलसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले मुक्कुम्लुङलाई आदिवासी याक्थुङ लिम्बू समुदायको आस्था, मुन्धुमी परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको पवित्र स्थलका रूपमा व्याख्या गर्दै त्यहाँ केबलकार निर्माण गरिनु समुदायको मौलिक अस्तित्वमाथिको हस्तक्षेप भएको बताएका थिए। उहाँहरूले विकासका नाममा धार्मिक तथा सांस्कृतिक सम्पदामाथि असर पुग्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
छलफलका क्रममा सहभागीहरूले स्थानीय समुदायको भावना र ऐतिहासिक महत्वलाई बेवास्ता गरेर परियोजना अघि बढाइनु उचित नहुने धारणा राखेका थिए । मुक्कुम्लुङ क्षेत्रको संरक्षणका लागि सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको उहाँहरूको भनाई छ ।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरूले मुक्कुम्लुङ संरक्षण अभियानलाई थप सशक्त बनाउँदै केबलकार परियोजना खारेजीका लागि साझा रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार जेठ ९ गते विभिन्न सङ्घ संस्थासँग अन्तरक्रिया, जेठ ११ गते कालो झन्डासहित कोणसभा, जेठ १६ गते फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र जेठ १७ गते मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपणसहित विरोध प्रदर्शन गरिने छ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...