दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँ कार्य समितिको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा एकदिने महोत्वसको आयोजना गरिएको हो ।
१ नं. प्रदेश (कोशी) का प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रममा माङसेबुङ तथा छिमेकी पालिकाहरु फाकफोकथुम, माई नगरपालिका, चुलाचुलीलगायत १० वटा पलिका तथा झापा र पाँचथर किरात याक्थुङ चुम्लुङ्बाट समेत महोत्सवमा सहभागिता रहेको थियो ।
महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू याक्थुङ समुदायको पहिचान झल्कने पोसाक लगाएर आफ्नो मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धान नाँच (याःलाङ), पालाम, हाक्पारे लगायतको प्रस्तुतिसहित र सांस्कृतिक पोसाकहरुको समेत प्रदर्शनी रहेको थियो । महोत्सवमा ५०० बढी च्याब्रुङ (केः) एकसाथ प्रर्दशन गरिएको आयोजकले जनाएको छ ।
“केलाङ केवल नाँच वा बाजा मात्र होइन, यो लिम्बू याक्थुङ समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो”, कियाचु माङसेबुङ अध्यक्ष मनरस लिम्बुले, “युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेकाले हामीले महोत्सव आयोजना गरेका हौँ ।”

माङसेबुङ गाउँपालिकाको सात लाख रुपैयाँ सहयोगमा आयोजित उक्त कार्यक्रमले स्थानीय जातजातिको कला, संस्कृति र पहिचानको संरक्षण, प्रवद्र्धनमा माङसेबुङ गाउँपालिकाको प्राथिमकता रहेको हुँदा याक्थुङ समुदायको पहिचानलाई पुस्तान्तरण गर्न प्रेरित होस् भनेर कार्यक्रमको आयोजना गर्न सहयोग गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।
च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकार तथा कियाचु केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले बताए । च्याब्रङ नाच (केःलाङ) विभिन्न जनावर र पशुपक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ । च्याब्रङ नाच (केःलाङ) मा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ । याक्थुङ जातिको विवाह, घर पैचो, उत्सव लगायत हर्सोल्लास कार्यहरुमा केःलाङ नाच्ने परम्परा रहेको छ । लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाच (केःलाङ)लाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय संघसंस्थाहरुले् प्रयास गर्दै आएका छन् । यद्यपी, राज्यले लगानी र संरक्षणकालागि चासो र तदारुकता नदेखाएको उनीहरुको गुनासो छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा लिम्बू जातिको जनसंख्या तीन लाख ५९ हजार ३७९ रहेकामा इलाममा मात्र करिब ४५ हजार सात रहेको तथ्याङक छ ।
तस्वीरः सजन राइ
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...