लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

 लिम्बुवान न्युज
                       


ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

नवगठित समितिको सदस्य सचिवमा प्रकाश लिङ्देन चयन भएका छन् भने सदस्यहरूमा विशाल नाल्बो, नुमा थाम्सुहाङ, निर्मल सुब्बा ‘आशिष’, राजेन्द्र केरुङ र पर्सु थलङ चयन छन् । काठमाडौं उपत्यकामा रहेका लिम्बु समुदायका भाषा, लिपि, संस्कार, संस्कृति, इतिहास, पहिचान तथा समसामयिक सवाललाई पत्रकारितामार्फत सशक्त रूपमा उठाउने उद्देश्यले तदर्थ समिति गठन गरिएको लिपसले जनाएको छ ।

किरात याक्थुङ चुम्लुङका संघीय महासचिव अमर तुम्याहाङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्ष लिम्बु पत्रकार संघका अध्यक्ष सन्देश सुब्बाले गरेका थिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सचिव माला पालुङवा, रेडियो काबेलीका अध्यक्ष तथा प्रेस सेन्टर नेपालका उपत्यका प्रदेश समिति अध्यक्ष लोकेश लिवाङ, फोनिजका संघीय सदस्य दिनेश लिम्बु र निर्देशक, लेखक तथा फिल्मकर्मी सागर केरुङ लगायतले विग मिडियालाई मात्र प्राथमिकता दिने प्रवृत्तिभन्दा बाहिर निस्केर साना तथा स्थानीय सञ्चारमाध्यमले गरिरहेको कामको मुल्याङकन गरेर अघि बढुनपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय डिजिटल संचारमा भ्यूज र फ्लोअर्सको आधारलाई मापन गर्न नहुने बताउँदै पत्रकारिताको गुणस्तर, विषयवस्तुको गम्भीरर्यता, खोज अनुसन्धानात्मक समाचारहरुलाई बढि प्राथामिकता दिनुपर्ने बताएकाछन् । झोले प्रवृत्तिको पत्रकारिताबाट मुक्त हुनुपर्ने आफ्नो पहिचान र भाषालाई थप शसक्त रुपमा बुलन्द गर्दै समुदायकाे अावाज र व्यावसायिक पत्रकारितामा लिम्बु पत्रकारहरू पनि सकृय हुनेपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

संघले लिम्बु पत्रकारहरूलाई एकताबद्ध गर्दै आगामी दिनमा समुदायका मुद्दालाई थप प्रभावकारी रूपमा सार्वजनिक बहसमा ल्याउने र पत्रकारिताको माध्यमबाट समुदायका आवाजलाई राष्ट्रिय बहससम्म पुरयाउने लक्ष्य लिएको लिम्बु पत्रकार संघका अध्यक्ष सुब्बाले बताए ।

 

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...