लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

,   लिम्बुवान न्युज
                       

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको स्मरण गर्दै सुनसरी विजयपुर धरानस्थित भानुचोकमा स्मरण कार्यक्रमको आयोजना गरिएको हो ।


किरात याक्थुङ चुम्लुङ संघीय समितिको समन्वयमा ४१ भन्दा धेरै विभिन्न संघ संस्था र राजनीतिक दलहरुको संयुक्त उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको किराचु संघीय समितिले जनाएको छ ।
सुनसरी, धनुकटा, मोरङ र झापाका विभिन्न स्थानबाट लालमोहर स्मरण कार्यक्रममा सहभागिता जनाएका थिए ।
लिम्बुवानले आजभन्दा दुई सय ५२ बर्ष अघि गोर्खा कान्तिपुरका शासक पृथ्वीनारायण शाहसँग पटक–पटक युद्ध लढ्दापनि जित्न नसकेपछि अरुणनदी किनारमा अन्तिम युद्ध पश्चात लालमोहर तसल्ली मुलुकी सन्धि भएको थियो । उक्तसन्धिलाई नुनपानीको सन्धिपनि भनेर चिन्ने गरिन्छ ।


कार्यक्रममा किरात याक्थुङ चुम्लुङका पूर्व उपाध्यक्ष समाजशास्त्री डा. कमल तिगेलाले लालमोहरमा उल्लेख भएको वाक्यांश पढेर त्यस लालमोहरमा उल्लेख भएको शब्दको ब्याख्या गरेका थिए । उक्त लालमोहरको सकली दस्तावेज नेपाल सरकारको अभिलेखमा रहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङवुङ, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, जसपाका केन्द्रीय सदस्य ताजुव लिम्बु, उज्यालो नेपालका केन्द्रीय सदस्य जेन्टल लावती, विजयपुर संरक्षण समितिका प्रवक्ता अमित थेवे, कियाचु लिम्बुवान प्रदेश समितिका सचिव दिलु लिङदेन लावती लगायत वक्ताहरुले १८३१ साउन २२गतेको तसल्ली मुलुकी लालमोहर सन्धि बारे चर्चा गरेका थिए ।


यसैगरी लालमोहर स्मरण कार्यक्रम अन्य जिल्लाहरु ताप्लेजुङ, पान्थर, इलाम, तेह्रथुम र संखुवासभामा समेत भएको कियाचुले जनाएको छ ।
यसैगरी चुम्लुङको समन्वयमा लालमोहर सन्धिको स्मरण गर्दै अरुण पूर्वको नौ जिल्लाको सिडियो कार्यालय मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको स्मरणपत्र समेत उक्त कार्यक्रममा वाचन गरिएको थियो ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;