तेह्रथुम पोक्लाबाङ्मा दुई संस्थाको तदर्थ समिति गठन

 लिम्बुवान खबर
                       

पोक्लाबाङ/‘‘माङ्गेन्ना लुङ्धुङ पोक्लबाङ, यक, गढ र सम्बद्ध क्षेत्रको संरक्षण, संवद्र्धन र विकास सम्बन्धी अवधारणा–पत्र २०७७’’ अनुसार संस्था संयोजन समितिका संयोजक गोविन्द आङ्बुङको अध्यक्षतामा बसेको अनलाइन जिट्सी मिट पोक्लाबाङ चुम्लुङ्ले माङ्गेन्ना यक् पोक्लाबाङ भएका विभिन्न १८ थरगत वंशका प्रतिनिधिहरूको उपस्थितिमा सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ र पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ मूल तदर्थ कार्य समिति सर्वसम्मतिले चयन गरेको छ ।
सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ समितिमा गोविन्द आङ्बुङ संयोजक रहने गरि आठ सदस्यीय समिति गठन गरिएको छ । सदस्यहरुमा कुलनाथ निङ्लेखु, याम पङ्याङ्गु, नर प्रसाद लुम्फुङ्वा, तेज बहादुर कुरुम्बाङ, देवेन्द्र खापुङ, जीवन सिङ्गक र रञ्जुला तेयुङ रहनुभएको छ । त्यसैगरि यहि अनलाइन पोक्लाबाङ चुम्लुङ्ले डा.कमल तिगेला खेवाहाङलाई यस सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ्को इङ्दङ्साबा तरेबा (अतिथि सल्लाहकार) समेत चयन गरेको छ । आठ सदस्यीय याक्थुङ प्रथाजनित सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ्ले याक्थुङ प्रथा–परम्परा अनुसार आवश्यक विभिन्न पक्ष र जिम्मेवारी अनुसारका पदीय विभागहरू तय गरी समितिलाई पूर्णता दिनेछ ।
यस सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ्ले लिम्बू जाति(राष्ट्र)को प्रथा–परम्परा अनुसार ‘‘माङ्गेन्ना लुङ्धुङ पोक्लबाङ, यक, गढ र सम्बद्ध क्षेत्रको संरक्षण, संवद्र्धन र विकास’’मा ‘‘पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ’’लाई मार्गनिर्देश एवम् नियमन गर्नेछ ।
पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ (पोमालुङ) मूल तदर्थ कार्य समिति राम बहादुर कुरुम्बाङ्को अध्यक्षतामा निम्न तदर्थ समिति गठन गरिएको छ । उपाध्यक्षहरुमा क्रमशः चन्द्र हुक्पा मादेम्बा र ठगीमाया तुम्बाहाङ्फे, सचिवमा टेक बहादुर खापुङ, सह–सचिवमा सेसेहाङ चोङ्बाङ, कोषाध्यक्षमा राजकुमारी सिङ्गक, त्यसैगरी सचिवालय सदस्यहरुमा क्रमशः हर्क पङ्याङ्गु, गोपाल निङ्लेकु र लोक बहादुर सम्बाहाङ्फे रहनु भएको छ भने सदस्यहरुमा क्रमशः नेत्र पङ्धाक, माया कुमारी पङ्धाक, दिल कुमारी मादेम्बा, धन कुमार आङ्बुङ, गंगा कुमारी आङ्बुङ, खड्क सिंह तुम्बाहाङ्फे, जयन्ती निङ्लेकु, पूर्ण बहादुर लुक्फुङ्वा, सकुन लुम्फुङ्वा, अर्जुन कुमार मुसाहाङ, गंगा माया मुसाहाङ, बल बहादुर तेयुङ, पूर्णकला तेयुङ, बुद्धिमान हाङ्स्रोङ, रुपा हाङ्स्रोङ, पवित्रा सम्बाहाङ्फे, विष्णु कुमार सिङ्गक, कुमारी हुक्पा चोङ्बाङ, लक्ष्मी कुमारी पङ्याङ्गु, दिल कुमारी कुरुम्बाङ, हर्क बहादुर पाहिम, लासाहाङ्मा पाहिम, शान्तिला खापुङ र क्या. शिवकुमार पाङ्गेनहाङ रहनुभएको छ । यसमा छुट भएका अन्य १६ थरभित्रका केही प्रतिनिधि सदस्यहरू पुनः थप गर्दै लैजाने सहसचिव सेसेहाङ् चोङ्बाङ्ले बताएका छन् ।
यस पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ मूल तदर्थ समितिले ‘‘माङ्गेन्ना लुङ्धुङ पोक्लबाङ, यक, गढ र सम्बद्ध क्षेत्रको संरक्षण, संवद्र्धन र विकास सम्बन्धी अवधारणा–पत्र २०७७’’ अनुसार प्रथाजनित संस्था ‘‘सावा येत्हाङ पोक्लाबाङ चुम्लुङ’’ को नीति–निर्देशन र नियमनमा रही आफ्नो काम कार्वाही अघि बढाउने छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;