लिम्बुवान मञ्च तेह्रथुमले स्मारिका प्रकाशन गर्ने

,   लिम्बुवान खबर
                       

शुक्रबारे, तेह्रथुम/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति तेह्रथुमले मञ्चले जिल्लामा स्थापना भएदेखि हालसम्म गरेको गतिविधिलाई समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ ।

स्मारिका तयारीको लागि भदौ ३ गते बसेको जिल्ला बैठकले सम्पादक मण्डल र आर्थिक समिति गठन गरिएको जिल्ला अध्यक्ष विजय निङ्लेखुले बताउनु भएको छ । सम्पादक मण्डलमा प्रधान सम्पादक लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य तथा संघीय विद्यार्थी युनियनका अध्यक्ष सेसेहाङ चोङबाङ रहनुभएको छ भने कार्यकारी सम्पादक दिल पाक्साङ्वा, सम्पादकहरु राम इङ्नाम र राजकुमार खापुङ् रहनुभएको छ । त्यसैगरी आर्थिक समिति संयोजकमा मञ्चका जिल्ला अध्यक्ष विजय निङ्लेखु त्यसैगरी सदस्यहरुमा सन्तोष सम्बाहाम्फे र विकास इङनाम रहनुभएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;