तेल उत्पादनमा रुसले उछिन्यो साउदीलाई, अरब देशहरु संकटमा

 लिम्बुवान खबर
                       

मस्को (एजेन्सी)। मार्च महिनादेखि साउदी अरब र रुसबीच तेलको मूल्यलाई लिएर विवाद भएको थियो । साउदी अरब रुसले तेल कम उत्पादन गरोस भन्ने चाहान्छ किनकी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहेको छ । घट्दो मूल्य नियन्त्रण गर्न साउदीले रुसलाई तेल उत्पादनमा कटौती गर्न भनेको थियो । तर, रुसले साउदीको प्रस्ताव अस्वीकार गरयो ।

रुसले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि रिसको झोंकमा साउदीले पनि आफ्नो तेल उत्पादन बढाउने निर्णय गरेर तेलको मूल्यमा छुट दिने पनि बतायो । जब पुरा संसार कोरोनाका कारण ठप्प भएको थियो, साउदीले यस्तो बेला यो निर्णय लिएको हो । दुबै देशहरु एकअर्कामाथि तेलको मूल्य घट्नुमा आरोप प्रत्यारोप गरिरहँदा रुसको सरकारी टेलिभिजनले आफ्नो मुद्रा रुबेलमा आएको गिरावटको कारण साउदी भएको आरोप थियो ।

उता साउदीले पनि अप्रिलमा साउदीको तल कम्पनी अरामकोले हरेक दिन एक करोड २० लाख ब्यारेल तेल उत्पादन गर्ने निर्णय गर्यो । यो रुससँग भएको सम्झौताको तुलनामा २६ प्रतिशत धेरै उत्पादन थियो । साउदीलाई लागेको थियो, रुससँगको मूल्य युद्धमा आफ्नो जित हुनेछ ।

तर, गएका तीन वर्षहरुमा संसारमा तेलको दुई महत्वपूर्ण परिवर्तनहरु भएका छन् । र यसको प्रभाव व्यापक परेको छ । पहिलो परिवर्तन, अमेरिकामा तेलको उत्पादन बढेको, यो उत्पादन यति बढेको छ कि अमेरिका सबै भन्दा ठूलो तेल आयतकर्ताबाट संसारको महत्वपूर्ण तेल निर्यातक देश बनेको छ ।

दोस्रो तेलको मूल्य स्थिर राख्नका लागि रुस र साउदी अरबबीचको सहयोग । अमेरिका, रूस र साउदी अरब दुनियाका तीन सबैभन्दा ठूला तेल उत्पादक देश हुन् । पहलो नम्बरमा अमेरिका छ, र दोस्रो नम्बरका लागि रूस र साउदीका बिच प्रतिद्वंद्विता चलिरहन्छ । रूस र साउदी अरबबीचको सहयोग हालका दिनहरुमा नराम्रोसँग प्रभावित भएको देखिएको छ ।

तेल उत्पादक देशहरुको संगठन ओपेकमा साउदीका दबदबा सबैभन्दा धेरै छ । मार्च महिनामा साउदी अरबले ओपेकको माध्यमबाट कोरोनका कारण तेलको मागमा आएको ठूलो कमीको कारण तेल उत्पानमा कटौती गर्ने प्रस्ताव राखेको थियो ।

रूस ओपेकको सदस्य होइन त्यसैले उसले साउदीको यो प्रस्ताव मान्न अस्वीकार गर्यो । यसपछि यी दुई देशबीच तेलको मूल्यलाई लिएर मूल्य विवाद शुरु भएको हो।
अमेरिकाको शेल ओयल साउदी र रूस दुबैका लागि चुनौती हो । तर शेल ओयलका उत्पादन महंगो हुन्छ । शेल ओयलको उत्पादनका कारण नै अमेरिका दुनियाँको सबैभन्दा ठूलो तेल आयातकबाट सबैभन्दा ठूलो तेल उत्पादक देश बनेको छ।

शेल ओयल र ग्यास उत्पादन महंगो भएकाले रूसलाई लाग्छ कि उसको बाजÞारमा कसैले चुनौती दिन सक्दैन । पारम्पारिक कच्चा तेलको तुलनामा (जो रूस र साउदी अरबमा छ) शेल ओयल चट्टानहरुको बिचबाट निकालिन्छ।

पारम्पारिक कच्चा तेल ६० फिटको गहराईबाट निकालिन्छ । जबकि शेल ओयलको उत्पादन जटिल हुन्छ । २०१८ मा अमेरिका साउदी अरबलाई उछिनेर दुनियाँको सबैभन्दा ठूलो तेल उत्पादक देश बनेको थियो । अमेरिकाको यस उभारको असर पनि साउदी र रूसको तेल बजारमा पर्यो ।

कोरोनाको महामारी शुरु भएपछि तेलको माँगमा निकै गिरावट आयो । यस गिरावटलाई हेरेर साउदी अरब र रूसलाई ओपेक र ओपेक प्लसमा तेल उत्पादनलाई लिएर ठूलो कटौतीमा सहमति बनाउनु पर्यो । अमेरिकाले पनि आफ्नो उत्पादनमा हरेक दिन २० लाख ब्यारेल कटौती गर्नुपर्यो । तर अमेरिका र रूसको तेल उत्पादनको निर्यात कम भए पनि त्यति फरक पर्दैन जति साउदी अरबलाई पर्छ । साउदी अरबको अर्थव्यवस्था तेलमा निर्भर छ र तेलको बजार जब प्रभावित हुन्छ उसको दबदबा हल्लिन्छ र भविष्यलाई लिएर चिन्ता हुन्छ ।

साउदीको तेल उत्पादन र निर्यातलाई रूसका साथै अमेरिकाबाट कडा चुनौती दिइएको छ । पहिला अमेरिकाले साउदीलाई तेल उत्पादनको मामिलामा दोस्रो स्थानमा धकेलियो र अब रूसले साउदीलाई तेस्रोे स्थानमा पुर्याइदिएको छ । जोइन्छ अर्गनाइजÞेशन डेटा इनिशिएटिभ (जेओडीआई) का अनुसार रूसले जून महिनामा तेल उत्पादनको मामिलामा साउदी अरबलाई तेस्रो स्थानमा पुर्याइदिएको छ ।

यसका साथै रूस अमेरिकापछि तेल उत्पादनको मामिलामा दुनियाको दोस्रो सबैभन्दा देश बनेको छ । जेओडीआईका अनुसार जून महिनामा रूसको तेल उत्पादन हरेक दिन ८.७८८ मिलियन ब्यारेल रह्यो जबकि साउदी अरबको मात्र ७.५ मिलियन ब्यारेल रहयो ।

जूनमा अमेरिका तेल उत्पादनको मामिलामा शीर्ष स्थानमा रह्यो । जेओडीआईका अनुसार जून महिनामा अमेरिकामा तेलको उत्पादन १०.८७९ मिलियन ब्यारेल प्रति दिन रह्यो । साउदी अरबको तेल निर्यातमा पनि लगातार कमी आइरहेको छ । जून महिनामा साउदीको तेल निर्यात हरेक दिन ५० लाख ब्यारेलबाट तल आयो । जेओडीआईका अनुसार मे महिनाको तुलनामा जूनमा उसको तेल निर्यातमा १७.३ प्रतशित गिरावट आएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;