तमुवान बेगरको तमु भाषा जरा बेगरको रुखजस्तै हुन्छ

 अन्तरवार्ता
                       

२०४६ सालको परिवर्तनपछि बर्गीय समस्या भन्दा नेपालमा जातीय समस्या नै प्रधान छ भन्ने चेत खुल्यो। त्यसपछि जनजाति पार्टी, जनमुक्ति पार्टी, जनमुक्ति पार्टी, नेपाल हुँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको संस्थापकहरु मध्येमा आफू पनि परियो।

ज्ञानबहादुर गुरुङ

(बरिष्ठ उपाध्यक्ष)  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल

तपाईं तमु गुरुङ समुदायको व्यक्ति, तर लिम्बुवान आन्दोलनको उच्च नेतृत्वमा हुनुहुन्छ, यसपछि निकै लामो राजनैतिक यात्रा होला ?
म तमु गुरुङ भएकोले मेरो पुख्र्यौली थलो तमुवान नै हो। तमुवानबाट पुर्खाहरु लिम्बुवानको संखुवासभामा आएर बसोबास गरें र म त्यही जन्मिएँ, हुर्किएँ। युवा हँुदै गएपछि प्रगतिशील आन्दोलनले छुयो। २०४६ सालको परिवर्तनपछि बर्गीय समस्या भन्दा नेपालमा जातीय समस्या नै प्रधान छ भन्ने चेत खुल्यो। त्यसपछि जनजाति पार्टी, जनमुक्ति पार्टी, जनमुक्ति पार्टी, नेपाल हुँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको संस्थापकहरु मध्येमा आफू पनि परियो।
म पोखरामा जन्मेको भए तमुवान आन्दोलनको नेता हुन्थें, सिन्धुपाल्चोकमा जन्मिएको भए तामाङसालिङको नेता हुन्थें, र लिम्बुवानमा जन्मेको हुनाले लिम्बुवानको नेता, कार्यकर्ता भएको छु। हामी पहिचानवादीहरुले आफू जहाँ जन्म्यो त्यहाँको पहिचानको आन्दोलनलाई साथ दिनु हाम्रो कर्तव्य हुन आउँछ ।
हाम्रो आदिवासी समुदायमा कतिपयले भन्छन्, ‘हाम्रो भाषाको मात्र उन्नति हुनुपर्छ, कतिपयले धर्मको मात्र, कतिपयले आर्थिक उन्नति, शैक्षिक उन्नति गर्न सकियो भने भै गयो नि यो लिम्बुवान, तमुवानजस्तो जटिल विषय न उठाए पनि हुन्छ।’ फेरि कतिपयले भन्छन्, ‘होइन तमुवान, लिम्बुवानको कुरा प्रमुखताको साथ उठाउनु पर्छ।’ यी बिषयहरुमा तपाईंको विचार के छ ?
सबैभन्दा मुख्य कुरा पानीको लागि मूल, रुखको लागि जरा र आदिवासी समुदायको लागि जमिन वा माटोको सवाल नै प्रमुख हुन्छ। किनकि, तमुवान भूमिमा नै तमु भाषा र संस्कृति, लिम्बुवान भूमिमा नै लिम्बु भाषा र संस्कृति विकास भएको हुन्छ, त्यसैले तमु भाषा, मगर भाषाको लागि त्यो भाषा उत्पत्ति भएको भूमि सबै भन्दा महत्वपूर्ण हुन्छ। त्यसैले भाषा, संस्कृति, धर्मको पनि सवाल हो। तर, यी सबै भन्दा पनि महत्वपूर्ण सवाल आदिवासीको पुख्र्यौली थातथलो वा तमुवान, मगरात, लिम्बुवान, खशान आदि हुन्छ। हामीले हाम्रो आन्दोलनको उच्चतम लक्ष्य तमुवान, लिम्बुवानलाई नै लक्षित गर्नुपर्छ। नत्र तमुवानबेगरको तमु भाषा, लिम्बुवानबेगरको लिम्बु संस्कृति मूलबेगरको खोला, जराबेगरको रुखजस्तै हुन्छ।
                 ज्ञानबहादुर गुरुङ
तपाईं लिम्बुवान आन्दोलनको नेतृत्वमा रहेर लिम्बुवान आन्दोलन हाँकिरहँदा तमुवान आन्दोलनलाई पनि सहयोग गरिरहेको छु जस्तो लाग्छ कि?
ठीक भन्नुभयो । म जब पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालले आव्हान गरेको आन्दोलनहरुमा टाउकोमा कफन बाँधेर सडकमा उत्रन्छु, त्यसबेला मेरो मनमा सधैं त्यही सोच आउँछ, ‘म लिम्बुवान आन्दोलनमार्फत् तमुवानलगायत सम्पूर्ण १०+१ प्रान्तको आन्दोलनलाई सहयोग गरिरहेको छु। लिम्बुवान आन्दोलन शसक्त बनाउन सकियो भने तमुवान आन्दोलनलगायत पहिचानको आन्दोलनहरुलाई सकारात्मक असर पर्छ। पहिचानको आन्दोलनहरु एक आपसमा अन्तर सम्बन्धित हुन्छन्, त्यसैले पहिचानको आन्दोलनहरुलाई एक आपसमा जोडेर लानुपर्छ। (सहअस्तित्व आवाज मासिकबाट)

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...