गृहमन्त्रालयको निर्देशनमा झापा गोलीकाण्डको छानबिन सुरु

 लिम्बुवान खबर
                       

झापा। गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् ।

समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

बुधबार जिल्लाको झापा गाउँपालिका ३ कामाटोलमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ अभियुक्तलाई नेपाल प्रहरीले सदरमुकाम लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीको दाबी छ ।

देश संघीयतामा गएता पनि कानूनले सबै जाती, धर्म, संस्कार, संस्कृति, रितीरिवाज र परम्परा मान्नेलाई गाई गोरु काट्न कानून त बन्देज गरिएको छ । तर सरकारको एकात्मक ढंगबाट आफ्नो रवैयामा स्थितिलाई नियन्त्रणमा लिन सक्दासक्दै गोली चलाई हत्या गर्ने अमानवीय शैलीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले पनि सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...