गृहमन्त्रालयको निर्देशनमा झापा गोलीकाण्डको छानबिन सुरु

 लिम्बुवान खबर
                       

झापा। गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् ।

समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

बुधबार जिल्लाको झापा गाउँपालिका ३ कामाटोलमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ अभियुक्तलाई नेपाल प्रहरीले सदरमुकाम लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीको दाबी छ ।

देश संघीयतामा गएता पनि कानूनले सबै जाती, धर्म, संस्कार, संस्कृति, रितीरिवाज र परम्परा मान्नेलाई गाई गोरु काट्न कानून त बन्देज गरिएको छ । तर सरकारको एकात्मक ढंगबाट आफ्नो रवैयामा स्थितिलाई नियन्त्रणमा लिन सक्दासक्दै गोली चलाई हत्या गर्ने अमानवीय शैलीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले पनि सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...