आईपीएललाई झट्का : फेरी अर्को कम्पनीले साथ छोड्यो

 एजेन्सी
                       

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को मिति नजिकिदै गर्दा आईपीएललाई फेरी एक कम्पनीले साथ छोडेको छ ।

यसअघि मुख्य प्रायोजन गर्दै आएको चिनियाँ मोबाइल कम्पनी भिभोले मुख्य प्रायोजन गर्नबाट हात उठाएको केहि हप्ता पछि अहिले एसोसियट प्रायोजक फ्युचर ग्रुपले पनि प्रायोजन नगर्ने घोषणा गरेको छ ।

पछिल्लो पाँच वर्ष देखि फ्युचर ग्रुप आईपीएलसँग जोडिएको थियो । योसँगै भर्खरै मुख्य प्रायोजन खोजेको बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई ) लाई फेरी अर्को कसरत गर्न पर्ने भएको छ ।

मुख्य प्रायोजन गर्दै आएको भिभोले साथ छोडेपछि अहिले भारतको अग्रणी गेमिङ फ्यान्टसी कम्पनी ड्रीम-११ आईपीएलसँग २ सय ३२ करोडमा जोडिएको छ ।

ठूलो रकमसहित आईपीएलसँग जोडिएको भिभोले पछिल्लो समय भारत र चीनबीच सिमा विवाद जारी रहँदा भारतमा चिनियाँ विरोधी जनलहरसँगै चिनियाँ सामाग्री प्रयोगमा नल्याउने अभियान चल्दै गर्दा त्यसैलाई मध्यनजर गर्दै आपसी समझदारीमा साथ छोडेको थियो।

भारतीय संचारमाध्यमका अनुसार माहोल ठिक भएको खण्डमा भिभो पुन : आईपीएलसँग जोडिने उत्तिकै सम्भावना रहेको छ । त्यसकारण बिसीसीआईले ड्रीम-११ सँग यहीँ वर्षको लागि मात्र सम्झौता गरेको छ । यदि भिभो फर्किन चाहेमा ड्रीम-११ को विदाई हुने छ । भिभो जोडिन नआएको खण्डमा भने ड्रीम-११ ले नै निरन्तरता पाउँने छ ।

यता यस संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुँदैछ । प्रतियोगितालाई लिएर तयारी पनि तीब्र गतिमा अहिले जारी रहेको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...