संघीय लिम्बुवान सामाजिक मञ्च मलेसियाको आठौं महाधिवेशन सम्पन्न

 लिम्बुवान खबर
                       

दमक।कोरोना कहरका बीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास कार्य समिति मलेशियाको आठौं महाधिवेशन सोमबार सम्पन्न भएको छ ।

नारायण लाओती खाम्बेक्साको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति, ३ सदस्यीय सल्लाहकार समिति, १ संस्थापक र १ प्रवक्ता सर्वसहमतिमा चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्ष पेलीहाङ सावेदन, उपाध्यक्षहरुमा क्रमशः मन्डेम मेन्याङ्बो, डि.बी. किराती, मन कुमार लाओती, महासचिव शुक्र राज थाम्सुहाङ, उपमहासचिव शन्तोष लाओती, अर्थ सचिव तिर्थ राज कन्दङ्वा, सह–अर्थ सचिव मोहन ओख्राबो, सदस्यहरुमा क्रमशः अर्जुन लिम्बु, भिम लिम्बु, बुद्धि राज सेलिङ, झमक याक्खा, शन्त लिम्बु, विशाल पुङ्लाईन लिम्बू, राम कुमार पालुङ्वा, श्री माङ्देन लिम्बु, श्याम लिम्बु रहनु भएको छ । त्यसैगरी संस्थापक सदस्य, पूर्ण तुम्बापो, प्रवक्ता आईतराज माङ्युङ् लिम्बु, बरिष्ठ सल्लाहकार हर्क लिबाङ, सल्लाहकारहरुमा द्वय बाला नन्द संयक लिम्बु र काली बहादुर परा लिम्बु रहनुभएको छ ।

कार्यक्रम निवर्तमान अध्यक्ष भिम इवारम लिम्बुको अध्यक्षता र महासचिव सुमन येक्तेन केसाङ्लाको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...