संघीय लिम्बुवान सामाजिक मञ्च मलेसियाको आठौं महाधिवेशन सम्पन्न

 लिम्बुवान खबर
                       

दमक।कोरोना कहरका बीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास कार्य समिति मलेशियाको आठौं महाधिवेशन सोमबार सम्पन्न भएको छ ।

नारायण लाओती खाम्बेक्साको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति, ३ सदस्यीय सल्लाहकार समिति, १ संस्थापक र १ प्रवक्ता सर्वसहमतिमा चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्ष पेलीहाङ सावेदन, उपाध्यक्षहरुमा क्रमशः मन्डेम मेन्याङ्बो, डि.बी. किराती, मन कुमार लाओती, महासचिव शुक्र राज थाम्सुहाङ, उपमहासचिव शन्तोष लाओती, अर्थ सचिव तिर्थ राज कन्दङ्वा, सह–अर्थ सचिव मोहन ओख्राबो, सदस्यहरुमा क्रमशः अर्जुन लिम्बु, भिम लिम्बु, बुद्धि राज सेलिङ, झमक याक्खा, शन्त लिम्बु, विशाल पुङ्लाईन लिम्बू, राम कुमार पालुङ्वा, श्री माङ्देन लिम्बु, श्याम लिम्बु रहनु भएको छ । त्यसैगरी संस्थापक सदस्य, पूर्ण तुम्बापो, प्रवक्ता आईतराज माङ्युङ् लिम्बु, बरिष्ठ सल्लाहकार हर्क लिबाङ, सल्लाहकारहरुमा द्वय बाला नन्द संयक लिम्बु र काली बहादुर परा लिम्बु रहनुभएको छ ।

कार्यक्रम निवर्तमान अध्यक्ष भिम इवारम लिम्बुको अध्यक्षता र महासचिव सुमन येक्तेन केसाङ्लाको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...