कियाचूको ३२औं स्थापना दिवसको अवसरमा भर्चुअल मार्फत शुभकामना आदनप्रदान

 लिम्बुवान खबर
                       

ललितपुर। लिम्बु जातीहरुको एक मात्र जातीय संस्था किरात याक्थुङ् चुम्लुङ्को स्थापना २०४६ साल बहुदल पछि भएको हो । आज ३१ बर्ष पुरा भई ३२ बर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम जुम मार्फत सम्पन्न भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका संसार नै त्राहिमाम भईरहेको बाबजुद पनि आज सामाजिक संजाल जुम मार्फत नेपाल आदिवासी जनजाति महासंघ, विभिन्न जातीय संघ संस्थाहरु, लिम्बुवान जन्य राजनैतिक दल लगायतका प्रमुख तथा प्रतिनिधिहरुसँग जुम मार्फत शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

साथै, यस स्थापना दिवसको अवसरमा लिम्बु सांस्कृतिक परिषदले “मुन्धुम पाः नघङ थिम्बे” विषय भर्चुअल अन्तरक्रिया कार्यक्रम पनि गरेको छ । त्यसैगरी लिम्बुवान स्टडी सेन्टरको आयोजनामा “Ph. D. Thesis title Examine Ancestral lands and customary Institution of the Yakthung (limbu) Indigenous people’s” विषयक भर्चुअल अन्तरक्रिया डा. कमल तिगेलाले प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रम चुम्लुङ् अध्यक्ष योगराज वनेमको अध्यक्षतामा र महासचिव निरन्ती तुम्बापोकाे संचालन सम्पन्न भएकाे छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...