कियाचूको ३२औं स्थापना दिवसको अवसरमा भर्चुअल मार्फत शुभकामना आदनप्रदान

 लिम्बुवान खबर
                       

ललितपुर। लिम्बु जातीहरुको एक मात्र जातीय संस्था किरात याक्थुङ् चुम्लुङ्को स्थापना २०४६ साल बहुदल पछि भएको हो । आज ३१ बर्ष पुरा भई ३२ बर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम जुम मार्फत सम्पन्न भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका संसार नै त्राहिमाम भईरहेको बाबजुद पनि आज सामाजिक संजाल जुम मार्फत नेपाल आदिवासी जनजाति महासंघ, विभिन्न जातीय संघ संस्थाहरु, लिम्बुवान जन्य राजनैतिक दल लगायतका प्रमुख तथा प्रतिनिधिहरुसँग जुम मार्फत शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

साथै, यस स्थापना दिवसको अवसरमा लिम्बु सांस्कृतिक परिषदले “मुन्धुम पाः नघङ थिम्बे” विषय भर्चुअल अन्तरक्रिया कार्यक्रम पनि गरेको छ । त्यसैगरी लिम्बुवान स्टडी सेन्टरको आयोजनामा “Ph. D. Thesis title Examine Ancestral lands and customary Institution of the Yakthung (limbu) Indigenous people’s” विषयक भर्चुअल अन्तरक्रिया डा. कमल तिगेलाले प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रम चुम्लुङ् अध्यक्ष योगराज वनेमको अध्यक्षतामा र महासचिव निरन्ती तुम्बापोकाे संचालन सम्पन्न भएकाे छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...