एजेन्सी – बार्सिलोनाका कप्तान लियोनल मेस्सीको भविष्यबारे छलफल गर्न पिता एंव एजेन्ट जोर्गे मेस्सी बुधबार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टोमेउलाई भेट्न स्पेन पुगेका छन् ।
प्राइभेट जेटमा जोर्गे अर्जेन्टिनाबाट स्पेनको बार्सिलोना एरपोर्टमा स्थानिय समय अनुसार बिहान ६ः४५ बजे पुगेका हुन् । पछिल्लो समय मेस्सी र क्लबबीच रहेको विवादका विषय टुंगाउन उनी त्यहाँ पुगेको विश्वास गरिएको छ । जोर्गे मेस्सीले बार्सिलोनका अध्यक्ष बोर्टोमेउ र बोर्डका अन्य पदाधिकारीसँग भेट्ने बताइएको छ ।
मेस्सीले क्लब छाड्न चाहेको पत्र लेखेयता उनको र क्लबबीच सम्बन्ध चिसिएको छ । ३३ वर्षे अर्जेन्टिनी फरवार्ड कुनै पनि अवस्थामा बार्सिलोना छाड्न चाहिरहेका छन् । त्यहि कारणले उनी आइतबार पिसिआर टेष्ट र सोमबारको अभ्यासमा सामेल भएनन् ।
झन्डै २० वर्ष बार्सिलोनामा बिताएका मेस्सी अब भने बार्सिलोनामा नबस्ने टुंगोमा पुगेका छन् । यद्दपी क्लबले भने त्यसमा सहमति जनाएको छैन । ला लिगाले पनि मेस्सीले क्लब छाड्ने अवस्थामा ७ सय मिलियन युरो रिलिज क्लज सम्झौतामा उल्लेख रहेको बताएको छ । मेस्सी भने सम्झौताको अन्तिम वर्ष उक्त प्रावधान लागु नहुने दावी गरिरहेका थिए ।
मेस्सी र बार्सिलोनाबीच बुधबार र बिहीबार छलफल हुने बताइएको छ । मेस्सीकातर्फबाट उनका बाबुले छलफलमा भाग लिनेछन् । यसअघि जोर्गेले नै क्लबसँग सम्झौता नविकरणबारे छलफल गरिरहँदा मेस्सीले बिचमै उक्त प्रक्रिया रोकेका थिए ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...