मेस्सीका पिताले बार्सिलोसँग भेट्दै

 एजेन्सी
                       

एजेन्सी – बार्सिलोनाका कप्तान लियोनल मेस्सीको भविष्यबारे छलफल गर्न पिता एंव एजेन्ट जोर्गे मेस्सी बुधबार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टोमेउलाई भेट्न स्पेन पुगेका छन् ।

प्राइभेट जेटमा जोर्गे अर्जेन्टिनाबाट स्पेनको बार्सिलोना एरपोर्टमा स्थानिय समय अनुसार बिहान ६ः४५ बजे पुगेका हुन् । पछिल्लो समय मेस्सी र क्लबबीच रहेको विवादका विषय टुंगाउन उनी त्यहाँ पुगेको विश्वास गरिएको छ । जोर्गे मेस्सीले बार्सिलोनका अध्यक्ष बोर्टोमेउ र बोर्डका अन्य पदाधिकारीसँग भेट्ने बताइएको छ ।

मेस्सीले क्लब छाड्न चाहेको पत्र लेखेयता उनको र क्लबबीच सम्बन्ध चिसिएको छ । ३३ वर्षे अर्जेन्टिनी फरवार्ड कुनै पनि अवस्थामा बार्सिलोना छाड्न चाहिरहेका छन् । त्यहि कारणले उनी आइतबार पिसिआर टेष्ट र सोमबारको अभ्यासमा सामेल भएनन् ।

झन्डै २० वर्ष बार्सिलोनामा बिताएका मेस्सी अब भने बार्सिलोनामा नबस्ने टुंगोमा पुगेका छन् । यद्दपी क्लबले भने त्यसमा सहमति जनाएको छैन । ला लिगाले पनि मेस्सीले क्लब छाड्ने अवस्थामा ७ सय मिलियन युरो रिलिज क्लज सम्झौतामा उल्लेख रहेको बताएको छ । मेस्सी भने सम्झौताको अन्तिम वर्ष उक्त प्रावधान लागु नहुने दावी गरिरहेका थिए ।

मेस्सी र बार्सिलोनाबीच बुधबार र बिहीबार छलफल हुने बताइएको छ । मेस्सीकातर्फबाट उनका बाबुले छलफलमा भाग लिनेछन् । यसअघि जोर्गेले नै क्लबसँग सम्झौता नविकरणबारे छलफल गरिरहँदा मेस्सीले बिचमै उक्त प्रक्रिया रोकेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...