क्यानले नेपाली क्रिकेटरहरूलाई दियो मासिक भत्ता

 लिम्बुवान खबर
                       

काठमाडौँ । नेपाल क्रिकेट संघ-क्यानले  खेलाडीको १२ महिनाको मासिक भत्ता उनीहरुको खातामा पठाएको छ।  सन् २०१९ भरको मासिक भत्ता केन्द्रीय सम्झौतामा रहेका २२ जना खेलाडीको खातामा पठाई दिएको क्यानले जनाएको छ।

विगतको भन्दा मासिक भत्ता जनही १० हजार रुपैयाँ बढाइको छ। ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले मासिक ३५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले मासिक २५ हजार रुपैयाँ भत्ता पाएका छन्।

क्यानले सन् २०१९ का लागि सन् २०१८ मै २२ खेलाडीलाई विभिन्न ३ वटा श्रेणीमा राखेर ‘ग्रेडिङ’ गरेको थियो। ग्रेड एमा ८, ग्रेड बीमा ८ र ग्रेड सीमा ६ जना खेलाडी छन्।

ग्रेड एमा रहेका खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सन्दीप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी र करन केसी छन्।

ग्रेड बीमा अविनाश बोहरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजबंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा र सुसन भारी छन्।

ग्रेड सीमा इशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरी, राजु रिजाल र रसिद खान छन्।

सन् २०२० का लागि अब खेलाडीको ग्रेडिङ गरिने क्यानले जनाएको छ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...