विश्वब्यापी अनलाईन यलम्वर संगीत प्रतियोगिता-२०७७ हुने

 भूमिका लिम्बु
                       

झापा । वार्षिक रुपमा सञ्चालन हुँदै आएको यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करण विश्वब्यापी रुपमा अनलाईन मार्फत आयोजना हुने भएको छ । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले विश्वब्यापी रुपमा सञ्चालन गर्दै आएको प्रतियोगितालाई यो वर्ष भने  अनलाईन मार्फत आयोजना हुने  भएको हो  ।

बिश्वब्यापी माहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको प्रतियोगिताको यस संस्करणलाई अनलाईन मार्फत गरिनेछ । प्रतियोगिताको प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईका अनुसार  विश्वभर रहेका किरात राई समुदायका सहभागीहरुले यो संस्करणमा सहभागिता जनाउन सक्नेछन् ।

किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्दन तथा उत्थानको लागि आयोजना हुँदै आएको प्रतियोगिता अन्तर्गत यस श्रृंखलाका लागि आवश्यक नियमहरु निर्धारण गरिएको छ ।

सहभागी प्रतियोगी किरात राई समुदायका हुन अनिवार्य छ । प्रतियोगीले प्राकृतिक अर्थात मौलिक गायकी भएको आवाजसँगैको एमपीफोर फाईल भिडियो आयोजकको ईमेल ठेगाना kiratraikalakar@gmail.com मा २०७७ असोज १७ गतेभित्र पठाईसक्नुपर्ने  छ । उत्कृष्ट ३० प्रतियोगीको भिडियोलाई संस्थाको  Kirat Rai Kalakar नामक युट्युव च्यानलवाट असोज १७ गते नै सार्वजानिक गर्दै ह्वाट्स एप ग्रुपमा जोडी अर्को चरणको लागि ट्रयाक उपलव्ध गराउने जनाईएको छ ।

साप्ताहिक रुपमा ३० जनाबाट २० र २० बाट १० जनामा सिमित गर्दै पाँचौ हप्ता अन्तिम चरणको प्रतिस्पर्धा गराईने छ । किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा अनुशासन तथा गायन र किरात राई समुदायप्रतिको प्रतिवद्दतालाई समेत मूल्याङ्कन गरिने प्रचारप्रसार विभागका संयोजक राईले बताए  ।

अन्तिम प्रतिस्पर्धाका लागि आयोजकको तर्फवाट प्रदान हुने अनलाईन प्रशिक्षणहरुमा प्रतियोगीहरु अनिवार्य सहभागी बन्नुपर्ने छ  । प्रतियोगीको गायकी तथा स्वर सुहाउँदो गीत आयोजकले छनौट गरिदिन सक्ने छ ।

प्रतियोगितामा  प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैंयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले बताए  ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...