सञ्चारकर्मी पन्तद्धारा रु १ लाख सहयोग

 लिम्बुवान खबर
                       

दमक । झापाको दमक घर भई हाल अमेरिका बस्दैआएका सञ्चारकर्मी सुदिप पन्तले दमकको एक संस्थालाई रु १ लाख सहयोग गरेका छन् ।


परोपकारी काममा सक्रिय रहदैआएको दमकको असहाय मानव सेवा समाजलाई उनले रु १ लाख उपलव्ध गराएका हुन् । नेपाल–अमेरिका पत्रकार महासंघ (नेजा ) का अध्यक्ष समेत रहेका उनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिदै आएको बन्दाबन्दी,निषेधज्ञाका कारण दैनिक ज्याला मजदुरी गरिआएका समुदाय खान नपाएर समस्यामा झेल्दैआएकाले त्यस्ता लक्षित समुदायलाई दैनिक निशुल्क भोजनको व्यवस्था गर्नका लागि उक्त सहयोग उपल्व्ध गराएका हुन् ।

महिलाहरुमात्र आवद्ध रहेको सो संस्थाले सरकारले गरेको वन्दाबन्दीका समयमा दमकमा महिना दिनसम्म विपन्नलाई खाना खुवाएको थियो । संस्थाले दैनिक खाना खुवाउन स्रोत तथा साधन जुटाउन नसक्दा पछिल्ला समय भने खाना वितरण कार्य रोकिएको थियो ।

दाता पन्तले स्वेच्छिक रुपले अति विपन्नलाई विहान, वेलुका खाना खुवाउन लाग्न चाहिने रकम उपलव्ध गराएपछि फेरि खाना खुवाउन लागिएको संस्थाकी अध्यक्ष चेतना निरौलाले वताईन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;