केपी ओलीको शासनकालमा भ्रष्टाचार शिखरमा- ट्रान्सपरेन्सी इन्टरनेसनल

 लिम्बुवान खबर
                       

काठमाडौं । भ्रष्टाचारका मुद्दा तामेलीमा राख्दै भ्रष्टाचारीलाई उन्मुक्ति दिएपछि प्रधानमन्त्री केपी ओलीको आलोचना सुरु हुन थालेको छ । ओलीको साढे दुई वर्षे कार्यकालमा जति ठूला भ्रष्टाचारका काण्ड अहिलेसम्म नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणमा भएको ठूलो अनियमिततासम्बन्धी मुद्दाको फाइल हतारहतारमा तामेलीमा राखेको भन्दै आपत्ति जनाएको छ ।

अध्यक्ष खेमराज रेग्मीले आइतबार विज्ञप्ति जारी गर्दै निगमको  जग्गा प्रकरणबारे थप अनुसन्धान गरी दोषीहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई ठाडै उन्मुक्ति दिनेगरी मुद्दाको फाइल बन्दगरी तामेलीमा राख्नुको पछाडि आयोगका पदाधिकारीहरुको कार्यक्षमता, इमान्दारिता र नियतमा गम्भीर प्रश्नहरु उठाएका  छन् ।

‘निष्पक्षता र निर्भिकतापूर्वक आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आयोगले सत्तापक्षको दबाव र प्रभावमा परी राजनैतिक नेतृत्वहरुको संलग्नता, निर्देशन वा संरक्षणमा हुने ठूला भ्रष्टाचारका मुद्दाहरु नचलाउने गरी तामेलीमा राख्दै जाने हो भने आयोगको औचित्य पुष्टि गर्न निकै गाह्रो पर्ने देखिन्छ ।

यसर्थ आयोगले आफ्नो साख जोगाउन पनि प्रशासनिक तहमा हुने भ्रष्टाचारका साथै राजनैतिक नेतृत्व तहको संलग्नता एवं नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रही भ्रष्टाचारीहरु उपर निर्मम कारवाही प्रकृया अगाडि बढाउनु अत्यावश्यक भैसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड घुस प्रकरणमा पनि अख्यितारले मौनता साँधेको भन्दै ट्रान्सपरेन्सी ईन्टरनेशनलले कारबाही प्रक्रिया अगाडि नबढ्नेमा आशंका व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...