चुलाचुली ४ मा लिम्बुवान मञ्चको अन्तरक्रिया

 लिम्बुवान खबर
                       

चुलाचुली। संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली वडा नं. ४ को आयोजनामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चका केन्द्रीय सदस्य तथा चुलाचुली वडाकार्यपालिका वडा नं. १ का अध्यक्ष पूर्ण लावतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलाले वडा नं. ४ को रक्ति रहेको सचिव पदमा सह–सचिव कुल बहादुर आङ्थुप्पोलाई नियुक्त गरेको जनाएको छ ।

चुलाचुलीको सबै वार्डहरुमा संगठन विस्तार, प्रशिक्षणका साथै जनचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा गरि जनताको जनजिविकाको सवालमा लिम्बुवान निरन्तर पहरेदार भएर अगाडि बढ्ने प्रमुख अतिथि केन्द्रीय सदस्य तथा वडाध्यक्ष पूर्ण लावतीले बताएका छन् । कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य कुमार तुम्बापोको समेत उपस्थिति रहेको थियो ।

संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली वडा नं. ४ का अध्यक्ष अर्जुन राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कुल बहादुर आङ्थुप्पोले गरेका थिए ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...