चुलाचुली ४ मा लिम्बुवान मञ्चको अन्तरक्रिया

,   लिम्बुवान खबर
                       

चुलाचुली। संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली वडा नं. ४ को आयोजनामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चका केन्द्रीय सदस्य तथा चुलाचुली वडाकार्यपालिका वडा नं. १ का अध्यक्ष पूर्ण लावतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलाले वडा नं. ४ को रक्ति रहेको सचिव पदमा सह–सचिव कुल बहादुर आङ्थुप्पोलाई नियुक्त गरेको जनाएको छ ।

चुलाचुलीको सबै वार्डहरुमा संगठन विस्तार, प्रशिक्षणका साथै जनचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा गरि जनताको जनजिविकाको सवालमा लिम्बुवान निरन्तर पहरेदार भएर अगाडि बढ्ने प्रमुख अतिथि केन्द्रीय सदस्य तथा वडाध्यक्ष पूर्ण लावतीले बताएका छन् । कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य कुमार तुम्बापोको समेत उपस्थिति रहेको थियो ।

संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली वडा नं. ४ का अध्यक्ष अर्जुन राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कुल बहादुर आङ्थुप्पोले गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;