छुटे सुवास सुब्बा, अनि भने- कोरोनाको भ्याक्सिन आविष्कार गरेको छु
बुधबार, ३१ भदौ, २०७७ बिहानको ०४:१७ बजे,
लिम्बुवान खबर
काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको व्यक्तिको अंगहरु झिकेर बेचबिखन भइरहेको छ भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका सुवास सुब्बा लिम्बू मंगलबार रिहा भएका छन् ।
तेह्रथुम स्थायी घर भई ललितपुरको ललितपुर उपमहानगर–१४ नक्खिपोटमा बस्ने सुब्बालाई प्रहरीले गत भदौ २२ गते पक्राउ गरेको थियो ।
सुब्बा रिहा भएपछि उनका समर्थकहरुले मंगलबार चक्रपथ क्षेत्रमा मोटरसाइकल र्याली गर्दै नक्खिपोटसम्म पुर्याएका थिए ।
क्रिश्चियन धर्मका पास्टर समेत रहेका सुब्बालाई उनका धार्मिक कार्यकर्ताहरुले साथ दिएका थिए ।
रोचक पक्ष के छ भने उक्त र्यालीमा मंगोल नेशनल अर्गनाइजेशन डा. गोपाल गुरुङ समूहका नेता कार्यकर्ताहरु समेत झण्डा लिएरै सामेल भएका थिए ।
नेपालबाट बाहुन–क्षेत्रीहरुलाई भगाउने जस्ता उग्रवादी मुद्दा उठाउने मंगोलन नेशनल अर्गनाइजेशनमाथि नेपालमा क्रिश्चियानिटी फैलाउने संगठनको आरोप पनि लाग्दै आएको छ ।
र्याली मा मंगाेलन नेशनल अर्गनाइजेशनका कार्यकर्ता
सुब्बा पक्राउ परेपछि बढीजसो मंगोलन नेशनल अर्गनाइजेशनकै कार्यकर्ताहरुले सामाजिक सञ्जालमाफर्त हिराइको आवाज उठाएका थिए ।
कोरोनाको भ्याक्सिन बनाएको छु
आफ्ना समर्थकहरुले र्याली गर्दै निवाससम्म ल्याइदिएपछि सुब्बाले आफूले कोरोना भाइरस विरुद्धको भ्याक्सिन आविष्कार गरेको बताए ।
उनले गत अगस्ट दोस्रो साता पनि पत्रकार सम्मेलन गरी डेढ महिना लगाएर कोरोना विरुद्धको भ्याक्सिन आविष्कार गरेको दाबी गरेका थिए ।
मंगलबार उनले ११६ बिलियन डलरको मालिक रहेका विश्वकै धनी व्यक्ति बिल गेटस्लाई समेत चुनौती दिए ।
‘म बिल गेटस्लाई डाइरेक्ट चुनौती दिन चाहन्छु, किनभने मैले भ्याक्सिन इन्भेन्सन गरेको छु,’ सुब्बाले भने, ‘यदि कोरोना नियन्त्रण गर्ने हो भने उनी मसँग मिल्यो भने नियन्त्रण गर्न सकिन्छ ।’
कोरोनाविरुद्धको भ्याक्सिन सहित पक्रकार सम्मेलनमा बोल्दै सुब्बा
सरकारले इजाजत दिए आफूले सबभन्दा पहिला नेपालका जनतालाई भ्याक्सिन लगाइदिने उनको भनाइ छ ।
उनी नक्खिपोटमै अन्तिम विकल्प नामक संस्था स्थापना गरेर बसेका छन् । जहाँ उनले डाक्टरहरुले उपचार गर्न नसकेर माया मारेको विरामी निको पारिदिने बताउँदै आएका छन् ।
सुब्बाका समर्थकहरुले उनलाई डाक्टर भनी सम्बोधन गर्छन् । विरामीको हात छोएरै रोग पत्ता लगाउने सुब्बाको दाबी छ ।
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...
ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...