चुलाचुली स्थित रतुवा खोलामा एक वृद्धको शव फेला

 लिम्बुवान खबर
                       

इलाम । इलामको चुलाचुली ५ चपेटी स्थित रतुवा खोलामा एक बृद्ध मृत फेला परेका छन् ।

बुकुवासिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल खोलामा आज विहान वृद्धको शव फेला परेको हो ।

उक्त स्थानमा प्रहरी चौकी पेल्टीमारीबाट प्रहरी टोली पठाईएको प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले गृहखबरलाई जानकारी दिनुभयो ।

खोलाको ढुंगामा अड्किरहेको अवस्थामा ती वृद्धको शव स्थानियले आज विहान देखेर प्रहरीलाई खबर गरेका थिए ।

ती मृत व्यक्तीको परिचय खुल्न सकेको छैन । स्थानियका अनुसार ती वृद्ध नजिक गाउँटोलका पनि होईनन् ।

हिजो मात्र चुलाचुली २ स्थित चाजु खोलाको जम्दारे खहरेमा लिङ्ग पहिचान नै गर्न नसकिने कुहिएको शव बगाएर ल्याएको अवस्थामा फेला परेको थियो । शवलाई कानूनि प्रकृया पुरा गरेर धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा डि.एन.ए. परिक्षणका लागि पठाइएको छ ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...