देशभर १३२५ जना नयाँ कोरोना संक्रमित थपिए

 लिम्बुवान खबर
                       

काठमाडौं ।  आजसम्म देशभरमा १३२५ जनालाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । हालसम्म कुल संक्रमितको संख्या ६४,१२२ पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा  ९६६ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म संक्रमण मुक्त हुनेको कुल संख्या ४६ हजार २३३ जना पुगेको छ ।

यसैबीच बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । याे सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।

प्रदेशमा
संस्थागत आइसोलेशनमा प्रदेश नम्बर १ मा ३ सय ३, प्रदेश नम्बर २ मा ८ सय ७३, बागमती प्रदेशमा ५ हजार ३ सय ३९ र गण्डकी प्रदेशमा ६ सय ८९ जना रहेका छन् । प्रदेश नम्बर ५ मा १ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना संक्रमित रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ८९, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजार ६ सय १ र गण्डकी प्रदेशमा ३ सय १६ जना रहेका छन् । प्रदेश नम्बर ५ मा ७ सय ५६, कर्णाली प्रदेशमा २ सय ४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ गरी देशभरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना संक्रमित रहेका छन् ।

हाल १ सय ९० जना आइसियु र ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

हालसम्म प्रदेश नम्बर १ मा ४ हजा १ सय ९, प्रदेश नम्बर २ मा १२ हजार २ सय ३३, बागमती प्रदेशमा १० हजार ९ सय ४१ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ९५, कर्णाली प्रदेशमा २ हजार ७ सय ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४३ गरी देशभरी ४६ हजार २ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...