दमकमा श्रीमानको २५ लाख सम्पत्ति लिएर श्रीमती प्रेमीसंग फरार

 लिम्बुवान खबर
                       

दमकझापाको दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरेकी एक महिलाले २५ लाख बराबरको सम्पत्ति लिएर प्रेमीसंग फरार भएकी छिन ।

गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर प्रेमीसंग फरार भएकी हुन् ।

राजुका अनुसार गत असोज ३ गते दिउँसो १ बजे घरदेखि दमक–६ मा रहेको पसल जाने भनेर निस्किएकी उनी लापत्ता भएकी हुन् ।

 

पसल आउँछु भनेर फोनमा कुरा गरेपनि श्रीमती बेलुकासम्म नआएपछि सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गर्दैछु भन्र म्यासेज गरेकी थिइन् । तर घर नफर्किएकी पछि खोजतलास गर्दा अन्तै केटासंग गएको खुल्न आएको पीडित न्यौपाने वताए ।

उनले १२ तोला सुन, १२ लाख रुपैयाँ र अन्य सामान लिएर भागेकी आरोप छ । घरको सिरानी मुनी पत्र राखेर प्रेमीसँग भागेकी उल्लेख गरेकी श्रीमान न्यौपानेले बताएका छन् ।

चिठ्ठीमा लेखेकी थिइन् – ‘मैले आफ्नो सुर गरे । म पत्रकार प्रितम भट्टराईसँग गईसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ ।

भगाउने केटा प्रितम कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको बताइएको छ । उनले समेत न्यौपानेलाई म्यासेन्जरमा कल गरी धम्क्याएका छन् ।
प्रितम नाम गरेको वताउने व्यक्तिले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे सिध्याउनेसम्मको धम्की दिएको न्यौपानेले वताएका छन् । पीडित न्यौपानेले इलाका प्रहरी कार्यालय दमकमा त्यस सम्बन्धी जाहेरी समेत दिएका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...