‘भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार असफल’

 लिम्बुवान खबर
                       

दमक। विगत तीन दशक देखि  शरणमा बसेका नेपाली मूलका भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी ) का अध्यक्ष डाक्टर भम्पा राईले भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार चुकेको टिप्पणी गरेका छन् ।

दमकका सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे राईले भुटानीहरुलाई स्वदेश फिर्तीका लागि नेपाल सरकारले ठोस कदम नचालेका कारण समस्या अल्झिरहेको वताए । भुटानबाट खेदिएका नेपाली मूलका भुटानीहरुलाई स–सम्मान भुटान फर्काउन दबाब सृजना गर्न नेपाल सरकारले पहल गर्न नसकेको उनको भनाई छ ।

भुटान र नेपाल सरकारवीच भएका विभिन्न चरणका सरकारी द्धिपक्षीय वार्तालाई परिणाममुखी वनाउन नेपाल सरकार पूरै असफल भएको उनले प्रष्टयाए । उनले भने, –‘यतिका लामो वार्तालाई निष्कर्षमा लैजान सक्नु परथ्याे, तर भएन ।’ उनले शरणार्थी हेरचाहमा संलग्न दातृ निकायले समेत यस मुद्दालाइ ओझेलमा पार्ने काम गरेको आरोप लगाए । स्वदेश फिर्ती प्रकृया एक मात्र शरणार्थी समस्या समाधानको एजेण्डा भएपनि दातृ संस्थाले समेत त्यस मुद्यालाई वेवास्था गरेर तेश्रो देश पूर्नावासमा जोड दिएको उनले वताए ।

भुटानी शरणार्थीलाई पश्चिमा मुलकमा पूर्नावास गराएर मात्र यस समस्या नसुल्झने भन्दै उनले भने,–‘शरणार्थीको दिगो समाधान भनेको उनीहरुको थातथलो नै हो, त्यसमा अन्तराष्ट्रिय जगतले समेत ध्यान दिनुपर्छ ’ भुटानी मामिलाका विषयमा नेपाल सरकारलाई पटक-पटक आफ्नो कुरा राख्दैआएपनि सुनुवाई नभएको उनको गुनासो छ ।

उनले शरणार्थीको घर फिर्ती प्रकृया हल नहुनमा शरणार्थी एकता कमजोर हुनु पनि सहायक भएको औल्याए । हामी आफै छिन्नभिन्न भएपछि शरणार्थी मामिला दिशाहिन बन्न पुगेको उनको तर्क छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...