‘भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार असफल’

 लिम्बुवान खबर
                       

दमक। विगत तीन दशक देखि  शरणमा बसेका नेपाली मूलका भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी ) का अध्यक्ष डाक्टर भम्पा राईले भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार चुकेको टिप्पणी गरेका छन् ।

दमकका सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे राईले भुटानीहरुलाई स्वदेश फिर्तीका लागि नेपाल सरकारले ठोस कदम नचालेका कारण समस्या अल्झिरहेको वताए । भुटानबाट खेदिएका नेपाली मूलका भुटानीहरुलाई स–सम्मान भुटान फर्काउन दबाब सृजना गर्न नेपाल सरकारले पहल गर्न नसकेको उनको भनाई छ ।

भुटान र नेपाल सरकारवीच भएका विभिन्न चरणका सरकारी द्धिपक्षीय वार्तालाई परिणाममुखी वनाउन नेपाल सरकार पूरै असफल भएको उनले प्रष्टयाए । उनले भने, –‘यतिका लामो वार्तालाई निष्कर्षमा लैजान सक्नु परथ्याे, तर भएन ।’ उनले शरणार्थी हेरचाहमा संलग्न दातृ निकायले समेत यस मुद्दालाइ ओझेलमा पार्ने काम गरेको आरोप लगाए । स्वदेश फिर्ती प्रकृया एक मात्र शरणार्थी समस्या समाधानको एजेण्डा भएपनि दातृ संस्थाले समेत त्यस मुद्यालाई वेवास्था गरेर तेश्रो देश पूर्नावासमा जोड दिएको उनले वताए ।

भुटानी शरणार्थीलाई पश्चिमा मुलकमा पूर्नावास गराएर मात्र यस समस्या नसुल्झने भन्दै उनले भने,–‘शरणार्थीको दिगो समाधान भनेको उनीहरुको थातथलो नै हो, त्यसमा अन्तराष्ट्रिय जगतले समेत ध्यान दिनुपर्छ ’ भुटानी मामिलाका विषयमा नेपाल सरकारलाई पटक-पटक आफ्नो कुरा राख्दैआएपनि सुनुवाई नभएको उनको गुनासो छ ।

उनले शरणार्थीको घर फिर्ती प्रकृया हल नहुनमा शरणार्थी एकता कमजोर हुनु पनि सहायक भएको औल्याए । हामी आफै छिन्नभिन्न भएपछि शरणार्थी मामिला दिशाहिन बन्न पुगेको उनको तर्क छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...