मेची सहकारी संस्था दमकको २६ औं साधारणसभा सम्पन्न

 लिम्बुवान खबर
                       

दमक । दमकको मेची सहकारी संस्थाले आज आफ्नो २४ औं बार्षिक उत्सव तथा २६ औं साधारणसभाको समापन गरेको छ । बिगतमा बृहत रुपमा कार्यक्रम गरी साधारणसभा गर्ने मेची सहकारीले यस बर्ष कोरोना संक्रमणको महामारीका कारण प्रतिनिधिमुलक रुपमा सदस्यहरुको उपस्थितिमा साधारणसभाको समापन गरेको हो ।

प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २६ हजार रुपैयाँ पुरस्कार राशीको  स्व. गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघ नेपालकी बरिष्ठ उपाध्यक्ष तथा संबिधानसभा सदस्य ओमदेवी मल्ललाई र १० हजार रुपैयाँ पुरस्कार राशीको स्व. गणेशप्रसाद बस्नेत स्मृति पत्रकारीता पुरस्कारबाट सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईलाई पुरस्कृत गरिएको सहकारीका सुचना अधिकारी चन्द्र थापाले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा मेचि सहकारी पत्रकारीता पुरस्कारबाट उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मा र सन्चारगृह अन्तर्गत झापा बिर्तामोडको साझामञ्च अनलाईनलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा दमक नगरपालीकाका प्रमुख रोमनाथ ओली, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र झापा जिल्ला वचत संघका उपाध्यक्ष तुलाराम न्यौपानेले बोल्नु भएको थियो ।

गत साउन २८ गते सार्वजनिक गरिएको सहकारीको प्रतिवेदन क्षेत्रगत रुपमा सदस्यहरुलाई वितरण गरि सुझाव संकलन गरिएको सहकारीको व्यवस्थापनक खोम बगालेले जानकारी दिनु भयो । सदस्यहरुको सुझावहरु संकलन गरी सञ्चालक समितिले अन्तिम प्रतिवेदन तयार गरी आज साधारणसभाबाट पास गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा संस्थाले गत बर्ष ६ करोड ५३ लाख ९२ हजार ५ सय १७ रुपैया मुनाफा गर्न सफल भएको र चालु वर्षमा ९ करोड १ लाख ९४ हजार ४१ रुपैया मुनाफा कमाउने लक्ष्य राखेको अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...