दमकमा खुल्यो पुष्प–धिरेन्द्र बहुप्राविधिक शिक्षालय

 लिम्बुवान खबर
                       

झापा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले पूर्वी नेपालको दमक नगरपालिकामा पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानलाई गैरनाफामुलक बहुप्राविधिक शिक्षालय खोल्न अनुमति दिएको छ ।

पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी)द्वारा सन्चालित दस वर्षे जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका झापा दमकका सहोदर दाजुभाइ पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेतको नाममा स्थापित संस्था हो ।

सिटिइभिटीले दमक नगरपालिका वडा नं. १ मा यसै वर्षदेखि प्रतिष्ठानलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जना र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा ४८ जनाको कोटा सहितको भर्ना अनुमति दिएको पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत (शंकर)ले जानकारी दिए ।

यसै शैक्षिकसत्रबाट पठनपाठन शुरु हुने ३ वर्षे डिप्लोमा तहमा भर्नाका लागि सिटिइभिटीले आउँदो असोज २६ गतेसम्म म्याद थप गरेको छ ।

दमक बजारको वडा नं. १ स्थित आदिकवि भानुभक्त चोकदेखि उत्तरतर्फ जाने सडकलाई प्रदेश नं. १ सरकार र दमक नगरपालिकाले पुष्प–धिरेन्द्र मार्ग नामाकरण समेत गरेका छन् ।

दमक–१ निवासी २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका थिए । उनीहरु दुवै जना स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माहिला र कान्छा छोरा हुन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...