दमकमा खुल्यो पुष्प–धिरेन्द्र बहुप्राविधिक शिक्षालय

 लिम्बुवान खबर
                       

झापा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले पूर्वी नेपालको दमक नगरपालिकामा पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानलाई गैरनाफामुलक बहुप्राविधिक शिक्षालय खोल्न अनुमति दिएको छ ।

पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी)द्वारा सन्चालित दस वर्षे जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका झापा दमकका सहोदर दाजुभाइ पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेतको नाममा स्थापित संस्था हो ।

सिटिइभिटीले दमक नगरपालिका वडा नं. १ मा यसै वर्षदेखि प्रतिष्ठानलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जना र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा ४८ जनाको कोटा सहितको भर्ना अनुमति दिएको पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत (शंकर)ले जानकारी दिए ।

यसै शैक्षिकसत्रबाट पठनपाठन शुरु हुने ३ वर्षे डिप्लोमा तहमा भर्नाका लागि सिटिइभिटीले आउँदो असोज २६ गतेसम्म म्याद थप गरेको छ ।

दमक बजारको वडा नं. १ स्थित आदिकवि भानुभक्त चोकदेखि उत्तरतर्फ जाने सडकलाई प्रदेश नं. १ सरकार र दमक नगरपालिकाले पुष्प–धिरेन्द्र मार्ग नामाकरण समेत गरेका छन् ।

दमक–१ निवासी २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका थिए । उनीहरु दुवै जना स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माहिला र कान्छा छोरा हुन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...