दमक नगर प्रमुख ओलीसहित एक वडाध्यक्षलाई संक्रमण

 लिम्बुवान खबर
                       

दमक । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित दमकका एक वडाध्यक्षमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज आएको पिसिआर परीक्षणको रिपोर्टमा नगर प्रमुख ओली र दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेमा समेत संक्रमण देखिएको हो । उनकी श्रीमती लिला ओलीमा भने एक दिन अघि नै संक्रमण देखिएको थियोे । ओली दम्पत्तीसहित उनका छोरा अनिलमा पनि संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


स्वास्थ्य शाखा स्रोतका अनुसार दमकका एक महिलासहित चार जनाको रिपोर्ट पोजेटिभ आएको छ ।यसैवीच नगरपालिकाका पदाधिकारीमा कोरोनाको संक्रमण देखिएपछि दमक नगरपालिका र सबै वार्ड कार्यालयहरु आजदेखि असोज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।

नगरपालिकाका पदाधिकारीलाई समेत कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ तयार गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु चार दिनका लागि बन्द गरिएको नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेद्धारा आज जारी सूचनामा सो उल्लेख छ ।

उता श्रीमतीलाई कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टाईनमा रहेका झापा,गौरादह नगर पालिकाका प्रमुख रोहितकुमार साहको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आफ्नाे कोरोना रिपोर्ट नेगेटिभ आएको नगर प्रमुह सााहले जानकारी दिए ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...