चुलाचुली कुमाले खोलामा पक्की पुलको शिलान्यास

 लिम्बुवान खबर
                       

चुलाचुली। इलामको चुलाचुली गाउँपालिका वडा नं. को कुमाले खोलामा पक्की पुल बन्ने भएको छ । गाउँपालिकाको समन्वय र १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा सो पुल निर्माण हुन लागेको सो वार्डका अध्यक्ष पूर्ण लावतीले बताए ।

तस्वीरः सञ्जय राईको फेसबुक पेजबाट

उक्त पुलको शिलान्यास प्रदेश सभासदस्य माननीय धिरेन्द्र शर्मा (रमण) को बाहुलीबाट शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शिलान्यास कार्यक्रममा चुलाचुलीका जनप्रतिनिधिहरु, राजनैतिक दल, सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भौतिक पूर्वाधार कार्यालय भद्रपुरका प्रमुख रमेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

उक्त शिलान्यास कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालय यातायत पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय, झापाले आयोजना गरेको हो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...